काठमाडौं । चना त हामी सबैले खाएकै छौं । चनाको छोले होस् अथवा चनाको दाल अथवा चनाको वेसनबाट बनेका परिकार नै किन नहुन्, हामीले प्रायः खाइरहेकै हुन्छौं । तर, के तपाईंको डाइटमा कालो चना समावेश छ त ? हजुर, भिटामिनहरुको खजाना हो कालो चना ।
यो रेसादार हुन्छ, भिटामिनको साथै खनिजहरुले भरिपूर्ण हुन्छ र यसमा चिल्लोपना कम मात्रामा हुन्छ । यसलाई डाइटमा समावेश गर्नु तपाईंको स्वास्थ्यका लागि निकै नै फाइदाजनक सावित हुनेछ ।
कालो चना खानुका लाभ झन् धेरै छन् । तर समस्या के छ भने हामीमध्ये धेरैले चना कमै खान्छौँ । यसको नियमित सेवनले कयौँ बिमारीहरूबाट बच्च मद्दत गर्छ ।
यसको सेवन कयौँ तरिकाले गर्न सकिन्छ । चना भिजाएर टुसा उमारेर खाँदा सबैभन्दा धेरै फाइदा पाउन सकिन्छ । बिहान बिहान टुसा उमारिएको चना खाँदा तौल, सुगर, कोलेस्ट्रोल जस्ता धेरै रोगबाट टाढा रहन सकिन्छ ।
मधुमेहका रोगीलाई कार्बोहाइड्रेटको मात्रा धेरै हुने चीजहरू खान निषेध गरिएको छ । चनामा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ । यसबाहेक यसमा प्रशस्त मात्रामा फाइबर पनि हुन्छ । त्यसैले यसको सेवनले शरीरमा चिनीको मात्रा बढ्न दिँदैन ।
अन्य कुनै चिजबाट शरीरमा चिनी प्रवेश गरिहाल्यो भने पनि तुरुन्तै पचाउनबाट रोक्छ र शरीरमा चिनीको मात्रा एकाएक बढ्दैन ।
चना खानुका फाइदा
- चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शरीरमा शक्ति प्रदान गर्छ ।
- चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।
- चनालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।
- चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ ।
- चनामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ।
- चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ ।
- रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।
- चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।
- एजेन्सीको सहयोगमा