
हेटौंडा । मकवानपुरको मनहरीमा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान मनहरी गापालिका–६ प्रतापुर बस्ने बल बहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधिएको भँैसी घाइते रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा गएको प्रहरी टोली र पर्सा बन्यजन्तु आरक्षण शुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोलीले बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको अनुमान गरेको छ ।
उक्त क्षेत्र चितवन राष्ट्रिय निकुन्जको पर्ने र चितवन राष्ट्रिय निकुन्ज शुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले बाघलाई लिएर गएको बताइएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच