सराेज निराैला
उदयपुर । सालकको खपेटा बिक्री वितरण गरेको आरोपमा उदयपुरका दुई र सप्तरीका एक गरी तीन जनालाई डिभिजन बन कार्यालय मोरङले पक्राउ गरेको छ । उदयपुरको कबेलका नगरपालिका ३ रामपुरको गिदेरी खोला बगरबाट उनीहरुलाई पक्राउ गरेको हो।
लोपन्मुख बन्यजन्त सालकको आखेटा बिक्रि वितरण तथा ओसार पसार गरेको आरोपमा पक्राउ परेका अभियुक्तले थप ब्यक्तिहरुको नाम खोलेपछि जिल्ला उदयपुर बेलका नगरपालिका ३ का ४८ बर्षिय कृष्ण बहादुर मगर, बेलका नगरपालिकाकै ६ का डिक बहादुर मगर र जिल्ला सप्तरी कृष्ण सवरण गाउँपालिका वडा न।१ का ५५ बर्षिय उमेश प्रसाद चौधरी गरी ३ जना पक्राउ परेहको हो ।
बा ८२ प ८८०५ र को ११ प ७६२१ नं। को २ वटा मोटरसाईकल सहित प्रहरीले उनीहरुको साथबाट ३ किलो ७ सय १२ ग्राम सालकको खपेटा बरामद गरेको छ।
अघिल्लो दिन मोरङको कानेपोखरी गाउँपालिका ७ बाट पक्राउ परेका २ जनाको बयानका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
पक्राउ सबैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।