नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

काठमाडौं । नेपाली सेनाले काठमाडौंको चन्द्रागिरी-१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।

स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *