खोटाङ । खोटाङमा विभिन्न समयमा विपदबाट मृत्यु भएका चारजनाको परिवारलाई राहत रकम वितरण गरिएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपदबाट भएको क्षतिको खोज उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड, २०७६ को दफा ५ बमोजिम मृत्यु भएका व्यक्तिको परिवारलाई जनही एक लाखका दरले राहत रकम वितरण गरिएको हो ।
विपदमा मृत्युवरण गरेका रावाबेशी गाउँपालिका–१ कुभिण्डेका सिद्धि बहादुर श्रेष्ठ, साकेला गाउँपालिका–२ रतन्छाका मधुराज राई, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका पदम कुमारी घिमिरे र रावाबेंशी गाउँपालिका–३ लामिडाँडाकी सावित्रादेबी नेवारको परिवारलाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा राहत वितरण गरिएको छ ।
राहत रकम मृत्यु भएका व्यक्तिका एकाघरको छोरा र श्रीमानलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, कोशी प्रदेशकै सामाजिक विकास मन्त्री पाँचकर्ण राई पिके र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले हस्तान्तरण गर्नुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच