काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संविधानको रक्षा र कार्यान्वयनमा दृढ रहेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले सरकार संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा स्पष्ट रहेको बताउनुभएको हो । उहाँले गणतन्त्र र सविधानको कार्यान्वयनमा सरकार दृढ रहेको बताउनु भयो ।
उहाँले देश र जनताको पक्षमा तथा राष्ट्रिय हितहरुको रक्षा गर्दै संविधानको रक्षा गर्ने बताउनु भयो । उहाँले जनताका समस्याहरुको समाधान र अधिकारहरुको सुरक्षा गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, यो संविधान, यसको रक्षा, कार्यान्वयन, यसको पक्षमा स्पष्ट र दृढ छ । यसको कार्यान्वयन भनेको यसको मर्मको कार्यान्वयन जनताको पक्षमा, देशको पक्षमा, राष्ट्रिय हितहरुको रक्षा र जनताका समस्याहरुको समाधान, जनताका अधिकारहरुको सुरक्षा । यि कुराहरु गर्दै अगाडी जाने हो ।’
प्रधानमन्त्री ओलीले सरकारले जनतामा निराशा नहोस् भनेर सचेत भएर काम गरिरहेको बताउनु भयो ।
उहाँले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार लागेको भन्दै सो अनुसारको परिणाम पनि आएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच