काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध हटाएको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो । यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने शर्त अघि सारेको छ ।
साथै सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने शर्त राखेको छ । सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिवन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भयो । उहाँले सामाजिक दुर्भावना, अरुलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिवन्ध हटाइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, त्यो सूचिकरण गर्दा सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने । सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सूचिकरण गर्नेकुरामा हामीसँग सहमति भइसकेको छ । टिकटकले अब सञ्चालनमा आउँदा प्वाइन्ट अफ कन्ट्याक्ट तोकेर आइसकेपछि २०८० साल असोज २७ गते टिकटकमा लगाएको प्रतिवन्ध हटाउने । कार्यान्वयनमा आउन उनीहरुले आफ्नो शर्तअनुसार आउनुपर्छ । हाम्रो पर्यटन प्रवद्र्धनमा टिकटकले सहयोग गर्नुपर्ने । डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने । सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन पनि सहयोग गर्नुपर्ने । नेपाली भाषाको फिल्टरिङ गरेर जे कारणले बन्द गरिएको भनिएको छ, टिकटकले मात्रै होइन, अरु सामाजिक सञ्जालले पनि भोलि गर्न नपाउने गरेर भाषामा कस्तो कस्तो प्रयोग गर्न पाउने रु सामाजिक दुर्भावना, अरुलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न भएन । त्यो नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिवन्ध खुल्छ । टिकटक जस्तै अरु सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिन, हाम्रा मुद्दामा सहयोग गर्नुपर्छ ।’
तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० साल असोज २७ गते टिकटकमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । मन्त्री गुरुङले टिकटक जस्तै अरु सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवद्र्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताउनु भयो ।
टिकटकले स्वीकार गरेका नेपालका पाँच शर्त
१.सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना
२. टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने
३.डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने
४. सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने
५.सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच