म्यानचेस्टर । इल्के गुन्डोगान फेरि म्यानचेस्टर सिटीमा फर्किनुभएको छ । जर्मनीका पूर्वमिडफिल्डरलाई सिटीले बुधबार बार्सिलोनाबाट भित्र्याएको हो । उहाँसँग एक वर्षको सम्झौता गरिएको छ । ३३ वर्षीय गुन्डोगानसँग भएको सम्झौताबारे सिटी बार्सिलोनाले सार्वजनिक रूपमा टिप्पणी भने गरेका छैनन् ।
गुन्डोगानले २०२२-०२३ सिजनपछि सिटी छोड्नुभएको थियो । यस अवधिमा उहाँ प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग ट्रेबल जित्ने टोलीको कप्तान बन्नुभयो । उहाँले प्रिमियर लिग क्लबमा सात वर्ष बिताउनुभयो । गुन्डोगान हालै सम्पन्न युरोपियन च्याम्पियनसिपमा जर्मनीका कप्तान हुनुहुन्थ्यो । उहाँले यसै साता अन्तर्राष्ट्रिय जिम्मेवारीबाट सन्न्यास लिनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच