काठमाडौं । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने सहमति भएको छ । दुवै संस्थाबीच हस्पिटलमा रहेको बिरामी प्रतीक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी सेवाका लागि सहकार्य गर्ने सहमति भएको हो ।
केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रालिले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारासहित आगामी दिनमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गरी निःशुल्क लिभ प्युअर आरओ ड्रिकिङ वाटर सिस्टम जडान गर्नेे जनाएको छ ।
स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कँडेलका साथै मार्केटिङ एक्जुकेटिभ विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठसमेतको उपस्थितिमा उक्त सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।
स्मार्ट एप्लाएन्सेसले थप तीनवटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरी अस्पतालमा स्वच्छ पिउने पानी उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जंगमले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच