पाठकपत्र : धर्म निरपेक्ष

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ निरञ्जन मैनाली

भारतमा बेलायतबाट भारत स्वतन्त्र भएको सम्झनामा पहिलो प्रधानमन्त्री जवाहारलाल नेहरूको समयदेखि नै स्वतन्त्रता दिवसका अवसरमा देशवासीका नाममा सम्बोधन गर्न थालनी भएको थियो । भारतकै कारण बंगलादेश स्वतन्त्र भएको हो ।

मुस्लिम बाहुल्यता देश भए पनि धर्म निरपेक्षको बाटोमा लागेको थियो । यो कुरा भारतलाई मन परेको थिएन । भारतका प्रधानमन्त्रीले धर्मका नाममा राजनीतिक गर्दै आइरहेका छन् । मोदीले पहिलोपटक बहुमत नभएपछि गठबन्धन सरकार बनेपश्चात् बंगलादेशबाट आएका मुस्लिमलाई लक्षित गरी सन् २०२४ मा नागरिकता विधेयक ल्याउँदा दुवै देशका मुस्लिम नेताहरूले विरोध जनाएका थिए । भारतका मुस्लिमकै कारण हालैको निर्वाचनमा मोदीले सोचेजस्तो बहुमत प्राप्त गर्न सकेनन् ।

भारतको १७औं स्वतन्त्रता दिवसको सम्झनामा सम्बोधन गर्ने क्रममा विभिन्न कानुनले धार्मिक समुदायका नियमलाई गुणस्तरीय बनाउनेतर्फ चोसो देखाउनु भारतीयहरूका लागि सुखद् कुरा हो । बंगलादेशको आन्दोलनका कारण भारतका नागरिमा धर्म सम्प्रदायसँग गाँसिएको विभेद खारेज गर्न सम्पूर्ण भारतवासीले मिलेर सहयोग गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *