स्याङ्जा ।स्याङ्जा । इलाका प्रशासन कार्यालय वालिङले राहादानी प्रक्रियामा नागरिकलाई राहत दिएको छ । राहदानीको फर्म भर्दा लाग्ने शुल्क नलाग्ने भएपछि वालिङ, गल्याङ, चापाकोट लगायत सेवाक्षेत्रका सेवाग्राही खुसी देखिएका छन् ।
राहदानीका लागि सेवाग्राहीले भरिने आवेदन फर्मका लागि कार्यालय वरपरका व्यवसायीले ६०० देखि ८०० सम्म पैसा असुल्दै आइरहेका थिए । फर्म भर्ने क्रममा व्यवसायीहरूले मनपरी शुल्क लिँदा नागरिकहरू ठगिएका थिए ।
राहदानीको फर्म भर्दा एकातिर झन्झट र अर्कातिर अनावश्यक पैसा खर्च भइरहेको अवस्थामा ईलाका प्रशासन कार्यालय वालिङका तत्कालीन प्रमुख संयोग भट्टराईको नेतृत्वमा कर्मचारीहरूको टिमले यसलाई निशुल्क बनाएको थियो ।
कार्यालयमा कामको अत्यधिक चाप र कर्मचारीको अभावका बाबजुद भएका कर्मचारीको सामुहिक प्रतिबद्धताले राम्रो कामको सुरूवात भएकोमा नागरिकमा खुसी छाएको छ ।
राहदानीको निशुल्क अनलाइन फर्म सेवा लिएपछि चापाकोट ५ का पदमबहादुर थापाले भन्नुभयो, 'हामी जस्ता सोझा जनता निकै ठगिएका थियौं, अहिले अनलाइनमा व्यवस्था भएपछि राहदानीको फर्ममा ठगी हुन पाएको छैन ।'
गाउँबाट आएका सोझासाझा जनतालाई एउटा राहदानीको अनलाइनमा फर्म भरेको ८०० सम्म लिएर व्यापारीहरूले लुट्ने खेल गरेको नागरिकहरूले बताएका छन् ।
गल्याङ ७ का तेजबहादुर थापाले भन्नुभयो, 'कार्यालयमा आएर अनलाइनको निशुल्क फर्म भर्न पाउँदा खुसी लाग्यो । अब कोही ठगिन पाउँदैन ।'
नि:शुल्क अनलाइन फर्मको सेवा प्रशासन कार्यालय वालिङबाट दिन थालेपछि अनलाइन फर्मका नाममा ८०० सम्म लिएर लुटधन्धा चलाएका व्यवसायीहरूको छटपटी भने शान्त भएको छैन ।
उनीहरूले अनलाइन फर्मको व्यवस्था हटाउन विभिन्न तरिकाले दबाब दिइरहेका छन् । तर इलाका प्रशासन कार्यालय भने जनताको पक्षमा गरिएको व्यवस्था नहट्ने बताइरहेको छ । व्यवसायीहरूले दुई पटकसम्म यो व्यवस्था हटाउन भनेर प्रशासनमा विज्ञप्ति दिइसकेका छन् ।
'हामीले सेवाग्राही राहदानी फर्मको शुल्कमा व्यापक रूपमा सेवाग्राही ठगिएको जनगुनासो बढेपछि निशुल्क अनलाइन फर्मको व्यवस्था गरेका हौं, जनताको पक्षमा गरेको राम्रो व्यवस्था कसैले चाहेर उल्टिने कुरा हुँदैन । सेवाग्राहीहरू निकै खुसी देखिनुभएको छ ।' ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख सुवास पौडेलले बताउनुभयो ।
असार १८ देखि भाद्र ६ सम्म ८२९ जना सेवाग्राहीले राहदानीको लागि कार्यालयबाट निशुल्क अनलाइन सेवा लिएको कार्यालयका सूचना अधिकारी बुद्धिराम बुढाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच