हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ हात्तिलेटस्थित नीलकण्ठेश्वर महादेव मन्दिरमा शुक्रबारबाट श्रीकृष्ण लिला प्रवचन एवं झुला कार्यक्रम सुरु भएको छ ।
नीलकण्ठेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष भोलानाथ दुलालको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आथित्यतामा ४ दिने श्रीकृष्ण लिला प्रवचन एवं झुला कार्यक्रमको उद्घाटन गरिएको हो ।
प्रवचन एवं झुला कार्यक्रमको पानसमा बत्ती बालेर उद्घाटन गर्दै प्रदेशसभा सदस्य बानियाँले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णको लिला उत्कृष्ट रहेको बताउँदै भगवान श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताउनुभयो ।
आ-आफ्नो आस्थाको प्रतिक र धर्म संस्कृतिको रक्षा गर्नु हामी सबै नेपालीको दायित्व रहेको बताउँदै नेता बानियाँले नेपाल भूमिमा श्रीकृष्ण लिला प्रवचन र झुलाको धार्मिक र सांस्कृतिक परम्पराको एक उत्कृष्ट नमुना रहेको बताउनुभयो ।
त्यसैगरी विशिष्ट अतिथि बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ रहेको बताउँदै हिन्दु धर्म र संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धनमा आफू सदैव लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा हेटौंडा ६ का कार्यबाहक वडाअध्यक्ष विजय पौडेल, पूर्व वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाई, विकास समितिका सदस्य सरदकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियोे भने भदौ १० गते श्रीकृष्णअष्टमीसम्म चारदिन संचालन हुने श्रीकृष्ण लिला प्रवचन र झुलाको पण्डित बासुदेव आचार्यले प्रवचन दिनुहुने कार्यक्रम छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच