मकवानपुरको हेटौंडामा पिता राजु सुवेदी र माता सीता सुवेदीको कोखबाट जन्मनुभएका सविन सुवेदी यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर नेपाली गीत गायन क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँको स्वरमा दर्जनौं गीत रहेका छन् । एक सय जति गीत रेकर्ड गरेको बताउने सविन ३० वटा जति गीत श्रोता/दर्शकमाझ आएको बताउनुहुन्छ । उहाँको स्वरमा ‘तिम्रो याद आयो’, ‘स्वप्निल तिम्रा’, ‘तिम्रो आँखै रसिलो’, ‘चप्पल साटियो’ जस्ता गीतलाई श्रोता/दर्शकले मन पराएका छन् । पछिल्लो समय चलचित्र ‘छक्का पञ्जा-५’को चर्चित गीत ‘बिहे भाको छैन’मा उहाँले स्वर दिनुभएको छ । यो गीतमा फिमेल स्वर बेनिशा पौडेलको छ । सबै खालका गीत गाए पनि लोक आधुनिक गीतमा आफ्नो अलिक बढी झुकाव रहेको बताउनुहुने सविन सुवेदीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
किन यो क्षेत्रमा आउनुभयो ?
म सानैदेखि गीत संगीत मन पराउँथेँ अनि गीत संगीतमै केही गर्छु भन्ने थियो, त्यसैले यो क्षेत्रमा धेरै झुकाव भयो ।
औपचारिक रूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
सिक्ने क्रमचाहिँ २०६५ बाट थियो । तर, औपचारिक रूपमा भने २०७६ बाट सुरु गरेको हो ।
मैले सबै खालका गीत गाएको छु, राम्रो पनि लाग्छ । तर, मलाई पछिल्लो समयमा लोक आधुनिक गीततिर बढी झुकाव भएर होला लोक आधुनिक गीत गाउन अझै मज्जा लाग्छ । मेरा रेकर्डिङ भएका गीत जति १०० पुग्यो । तर, बजारमा आएका गीतहरू चाहिँ ३० वटा जति छन् । ‘बिहे भको छैन’, ‘तिम्रो याद आयो’, ‘स्वप्निल तिम्रा’, ‘तिम्रो आँखै रसिलो’, ‘चप्पल साटियो’ लगायतका रहेका छन् ।
यहाँका अहिलेसम्म कति जति गीत श्रोता/दर्शकमाझ आए होलान्, केहीको नाम लिनुपर्दा ?
मेरा रेकर्डिङ भएका गीत जति १०० पुग्यो । तर, बजारमा आएका गीतहरू चाहिँ ३० वटा जति छन् । यहाँले भने जस्तै केहीको नाम लिनुपर्दा ‘बिहे भको छैन’, ‘तिम्रो याद आयो’, ‘स्वप्निल तिम्रा’, ‘तिम्रो आँखै रसिलो’, ‘चप्पल साटियो’ लगायतका रहेका छन् ।
तपाईं कसका लागि गीत गाउनुहुन्छ ?
आफूले गाएको गीत आफ्ना लागि विशेष हुन्छ । गीत संगीत आफ्ना लागि र विशेष दर्शक श्रोताका लागि नै गाउँछु । यसो गर्दा म आफूलाई अझै धेरै सुधार्ने मौका पाउँछु जस्तो लाग्छ ।
गीत संगीतमा लागेर बाँच्न सकिन्छ नि ?
संगीतमा लागेर बाँच्न धेरै गाह्रो छ तर जसले मिहिनेत गर्छ त्यो एकदिन सफल हुन्छ जस्तो लाग्छ त्यसैले संघर्ष गर्दैछु ।
यहाँले गीत संगीतको औपचारिक कक्षा पनि लिनुभयो कि, तपाईंको गुरु ?
लिएँ नि । मैले धेरै गुरुहरूको संगत गर्ने मौका पाएँ । मलाई यो क्षेत्रमा पहिलो पटक हात समाउने गुरु भोला जोशीज्यू हुनुहुन्थ्यो । त्यसपछि रत्नबहादुर खड्गी, मीरा राना, दीपक शर्मा हुनुहुन्छ । उहाँहरूबाट धेरै कुरा सिकेँ अनि सिक्दै पनि छु ।
कोसँग काम गर्न मन छ ?
सबैको राम्रो लाग्छ । सबैसँग काम गर्न मन छ र गरिरहेको पनि छु
कस्तो गीत गाउन मनपर्छ ?
गीत सबै नै राम्रो हुन्छ । सबै गाउने पनि गर्छु । तर, मलाई पछिल्लो समयमा लोक आधुनिक गीततिर बढी झुकाव भएर होला लोकगीत गाउन अझै मज्जा लाग्छ ।
हालै यहाँको स्वरमा रहेको चलचित्र ‘छक्का पञ्जा’को गीत श्रोता/दर्शकमाझ आएको छ, कसरी जोडिनुभयो यो चलचित्रको टिमसँग, कस्तो लाग्यो यति राम्रो ब्यानरमा काम गर्दा ?
यो गीत सुरुमा बन्ने बेलादेखि नै मैले सुनेको र मैले आफ्नै आवाजमा गाएर दीपकराज गिरी सरलाई सुनाउँदा उहाँले मन पराउनुभयो अनि मलाई यो अवसर दिनुभयो । त्यसका लागि धेरै आभारी छु संगीतकार दीपक शर्मा सर र छक्का पञ्जा टिमप्रति
यो क्षेत्रमा नयाँलाई कस्तो सपोर्ट रहेको पाउनुहुन्छ ?
सपोर्ट त छ । तर, धेरै मिहिनेत र धैर्यता पनि चाहिन्छ जस्तो लाग्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच