काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘आइएसओ ९००१ः २०१५’ प्राप्त गरेको छ । गुणस्तर व्यवस्थापन प्रणाली क्वालिटी म्यानेजमेन्ट सिस्टममा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न सक्षम भएपछि बैंकले उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।
डेभलपमेन्ट बैंकिङ गतिविधिसम्बन्धी मापदण्डअन्तर्गत अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र प्राप्त गर्ने महालक्ष्मी विकास बैंक नेपालकै अग्रणी विकास बैंक बनेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बलियो गुणस्तर व्यवस्थापन प्रणालीका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणाली निरन्तर सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।
बैंकका अनुसार प्रमाणपत्रका लागि अमेरिकास्थित रोयल इम्प्याक्ट सर्टिफिकेसनले बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट गरेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच