गायक भण्डारीलाई गृह जिल्ला हुम्लामा भव्य स्वागत

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । पछिल्लो समय हुम्लाबाट उदाउदा नव चर्चित देउडा गायक नवराज भण्डारीलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । हुम्लाको सिमकोट गाउँपालिका-१ ठेहे गाउँमा जन्मिएका देउडा गायक नवराज भण्डारी शुक्रबार सदरमुकाम सिमकोटमा भव्य स्वागत गरिएको छ । गायक भण्डारी शुक्रबार हुम्लाको सिमकोट पुगेसँगै सिमकोट विमानस्थलमा खादा लगाउनुका साथै बाजागाजासहित भव्य स्वागत गरेको जानकारी प्राप्त भएको छ ।

गायक भण्डारी केही महिना अघि काठमाडाैं गएर विभिन्न देउडा गीत गाउँदा निकै चर्चा कमाउनु भएको थियो । देउडा गायक भण्डारीले हुम्लाका सातवटै स्थानीय तहका रहनसहन र सांस्कृतिकका सम्पूर्ण चालचलन अनुसारका देउडा गीत गाउनु भएको छ । भण्डारी शुक्रबार नेपालगञ्जदेखी सिमकोट विमानस्थलमा पुगेसँगै बाजागाजाले स्वागत गरिएको हो ।

यस्तै भण्डारीसँगै सुस्मिता भेरिकारलाईसमेत स्वागत गरिएको छ । दुबै जना देउडा गायकलाई सदरमुकामवासीले भव्य स्वागत गरेका छन् । भण्डारी देउडा संस्कृति जोगाई राख्नु पर्छ भन्ने पक्षमा छन् । गायक भण्डारी सिमकोट पुगेसँगै माथिल्लो बजारमा रहेको विद्युतको प्रांगणमा घम्साघम्सी देउडा खेल भएको थियो । साउने पूर्णिमाकाे अवसर पारी सदरमुकाम सिमकोटमा भव्य देउडा खेल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *