
डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध मौलिक पर्व गौरा बिरुडा राख्दै आजदेखि बिधिवत रुपमा शुरु भएको छ ।
भाद्र शुक्ल पूर्णिमा पञ्चमी तिथिका दिन साँझ पञ्चदलहन गहत, केराउ, चना, गुराउँस, कलाउँ गेडागुडीलाई प्रत्येक घरमा तामाको भाँडो र शुद्ध पानीमा भिजाउने र भोलि नजिकको जलाशय वा पानी पधेरोमा बिरुडा पखाल्ने प्रचलन रहेको छ ।
यस्तै भोलि नै पञ्चघाँस काँसकुश अपामार्ग वल तिल पहेंलो गुबोलाई धानको खेतबाट गौरा माताको प्रतिकको रुपमा भित्र्याउँदै गौरा घरमा शाश्त्रिय पूजा अनुष्ठान गरी हिन्दु महिलाहरुले भव्य रुपमा मनाउने चलन रहि आएको छ ।
सुदूरपश्चिमका जनता र विशेष गरी महिलाहरुका लागि जीवनशैलीसँग गाँसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिबलाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि अष्टमी तिथिका दिन दुर्वाष्ठमी पूजा आराधना गरिन्छ भने बिसर्जन नहुँदासम्म गौराघरमा रातभरि फाग अठवाली र देवीदेवताका बिभिन्न गाथाहरु गाएर, बालो, ढुस्को लगायतका खेल खेलेर मनाउने गरिन्छ ।
बैदिककालमा हैहयबंशीका शुरबीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आराधनाको प्रभाबले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व महिलाहरुले शुद्धखानपान, चोखो नयाँ लुगा लगाई अत्यन्त भक्तिभावले पंचमीका दिन बिधिवत रुपमा प्रसाद राखिएको पाँच दलहनको बिरुडा धुने, पाँच पवित्र घाँसबाट निर्मित गौरामाताको प्रतिकलाई भक्तिभाव र उपवासका साथ नियमित पूजा गरी धुमधामका साथ मनाउँछन् ।
यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाईन्छ ।
आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग, अठवाली, पुरुषहरुले पनि चैत धुमारीका साथै डेउडा खेलेर धुमधामका साथ मनाईने परम्परा रहि आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच