सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । ब्रह्मपुरी गाउँपालिका–२, निवासी सञ्जय साहको छोरा ६ वर्षीय अङ्कित साहको आज बिहान पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ९ बजेतिर नुहाउन भनी घरबाट निस्किएका बालकको घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ ।
मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीको डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच