✍️ ढुण्डीराज शास्त्री
मानवको उत्पत्ति नै एक समान, सव समान को एकतावादी समताको हो । एकता र समाताको प्रकृति प्रद्धत्त मौलिकतामा समाजको परिवर्तन समाजवादको कार्यान्वयन हो । प्रजातान्त्रिक राज्य व्यवस्था समाजवाद अनुकुल र उपयुक्त छँदा छँदै आर्थिक र सामाजिक व्यवस्था समतावादी गरी अर्थात समाजवादी नभएकाले यी प्रतिकुल व्यवस्थाहरूबाट उत्पन्न व्यवधान यस राज्य व्यवस्थाको पूर्ण कार्यान्वयनमा बाधक भएको छ । हाम्रो देश नेपालमा राज्य व्यवस्था त प्रजातान्त्रिक छ । प्रजातान्त्रिक हुनु भनेको अर्ध-समाजवाद हुनु हो ।
आर्थिक र सामाजिक व्यवस्था समातावादी अर्थात समाजवादी नभएसम्म समाजवाद कार्यान्वयनमा आउन सक्दैन । नेपालका धेरै राजनीतिक पार्टीहरूले आफूलाई समाजवादी घोषित गरेका छन् तर समाजवाद पूर्ण गर्नेतर्फ कोही उद्यत छैनन् । नेपाली कांग्रेसको जन्म र विकास प्रजातान्त्रिक समाजवाद नेपालमा कार्यान्वयन गर्ने सैद्धान्तिक उद्देश्यका साथ भएको हो । क्रूर एकाधिकारवादी राणाशासनको अन्त गरी प्रजातन्त्रको दियो नेपाली कांग्रेसले नै बालेको हो । विसं २०१२ सालमा वीरगञ्जमा भएको नेपाली कांग्रेसको महाअधिवेशनले प्रजातान्त्रिक समाजवाद आफ्नो सैद्धान्तिक उद्देश्य भएको सर्वसहमतिले पास गरी घोषणा गरेका थियो ।
सत्ता केन्द्र, सात प्रदेशदेखि विकेन्द्रीकृत हुँदै पालिकासम्म छ । प्रजातान्त्रिक राज्यव्यवस्था समाजवादी नै हो । नियुक्तिसम्म समाजवादी नै छ र ठीक छ । नियक्त व्यक्तिको कर्तव्य, प्रजातान्त्रिक राज्य व्यवस्थामा जनताको हित, हक पूरा गर्ने हो । तर, जनताको हित हुँदैन ।
विसं २०४६ सालमा गणेशमानजीको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको बलमा ३० वर्षपछि पुनः प्रजातान्त्रिक व्यवस्थाको स्थापना भयो । गिरीजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवा अहिलेसम्म प्रधानमन्त्री भएका छन् । शेरबहादुर त सात पटकसम्म दोहोरी एउटै व्यक्ति प्रधानमन्त्री भएका छन् तर प्रधानमन्त्री पार्टी, सभापति, केन्द्रीय समितिका सदस्य आदि कसैलाई पनि यो चेत आएन कि पार्टीले जन्मकालमा नै सैद्धान्तिक रूपमा स्थापित गरेको प्रजातान्त्रिक समाजवादको उद्देश्य पूरा गर्ने र देश र जनतालाई शक्तिशाली र सम्पन्न बनाउने ?
मुख्य तः नेपाली कांग्रेस र एमाले अनि अरू पार्टीहरूको पनि ध्यान सत्ता कसरी हडप्ने र सत्ताबाट प्राप्त हुने लाभ त मिलिहाल्छ, सत्ताको प्रभाव प्रयोग गरी अतिरिक्त लाभ कसरी लिन सकिन्छ लिने । सत्तामा र सत्ताका नजिक भएकाबाट नै देश लुटिएको छ र जनतालाई दुःख दिने काम भइरहेको छ । नेपाली कांग्रेसमात्र होइन, कुनै पार्टी होस्, कुनै पनि पार्टीका प्रधानमन्त्री, मन्त्री र व्यक्ति होऊन, अथवा समाजका लब्ध प्रतिष्ठित मानिस होऊन सबलाई सत्ता चाहिएको छ । सम्पूर्ण नागरिकलाई प्रजातान्त्रिक राज्य व्यवस्थाले सत्ताका अधिकार बनाएको छ । सबै नागरिक सत्ता प्राप्त गर्न योग्य छन् । जनताले तिनै योग्य, इच्छुकबाट मतद्वारा छान्ने हो ।
सत्ता केन्द्र, सात प्रदेशदेखि विकेन्द्रीकृत हुँदै पालिकासम्म छ । प्रजातान्त्रिक राज्यव्यवस्था समाजवादी नै हो । यसमा दुई मत हुन सक्तैन । नियुक्तिसम्म समाजवादी नै छ र ठीक छ । नियक्त व्यक्तिको कर्तव्य, प्रजातान्त्रिक राज्य व्यवस्थामा जनताको हित, हक पूरा गर्ने हो । तर, जनताको हित हुँदैन्, आफ्नो व्यक्तिगत स्वार्थ सत्ताको प्रयोगले पूरा गर्नु नैतिकता हिन हुनु हो । हाम्रो देश नेपालमा अत्याधिक बहुमत ९० प्रतिशतले नैतिकता गुमाएका छन् । शक्ति र सम्पत्तिको बलमा सत्तासीन भइरहन्छन् । देशमा सत्तामा जानेभन्दा केही परिवर्तन गर्न सक्तैनन् र सकेका पनि छैनन् ।
पुराना साम्यवादी र समाजवादी पहिचान बोकेका अहिलेसम्मका आपसमा प्रतिस्पर्धी प्रतिनिधि सभामा पनि ठूला, जेठा, माइला, प्रर्वाग्राही नभएमा माक्र्सवादी दर्शनमा आधारित अधिनायकवादी कम्युनिष्ट व्यवस्थाको असफलता माक्र्सवादी दर्शनको असफलता हो । माक्र्सको दर्शन असफल भएकोले दार्शनिक व्यवस्था पनि उद्देश्य प्राप्त गर्न नसक्दा असफल भएको हो । माक्र्सको उद्देश्य साम्यवाद आदि के के भने पनि उद्देश्य समाजवाद नै हो ।
त्यो असफल भएको छैन । समाजवाद कार्यान्वयनमा नै आएको छैन, कसरी फेल हुने ? माक्र्सवादीको उग्र हिंसात्मक प्रयोगले विश्वलाई नै ढाकेको थियो । त्यहि अँध्यारोमा समाजवाद परेको छ । साम्यवादको असफलताका साथसाथै प्रजातान्त्रिक समाजवादको उदय भएको छ । सबै त्यसैको छहारीमा पुगेका छन् । देशमा स्वतन्त्रता, समता र एकता होस, देश सम्पन्न र शक्तिशाली बनोस्, जनताले सुख शान्तिको जीवन जिउन पाउन । यस्तै यस्तै मानिसका इच्छा र उद्देश्य प्रजातान्त्रिक समाजवादी अवस्थाको कार्यान्वयनमा मात्र पूरा हुन सक्दछन् ।
केपी ओली र शेरबहादुर देउवाजी तपाईंहरू चार÷पाँचपटक प्रधानमन्त्री भइसक्नुभयो । यति धेरैपटक प्रधानमन्त्री हुँदा देश र जनतालाई के के दिनुभयो, के के गर्नुभयो ? केही उल्लेखनीय काम जनता र भावी पुस्तालेसम्म सम्झन र अनुभव गर्न सक्ने छन् अथवा छैन, विचार गर्नुहोस् ।
अतः गठबन्धन गर्न पुगेका उद्देश्य एउटै भए पनि लामो अवधिका प्रतिस्पर्धी भिन्न बाटोमा हिँडेका कांग्रेस र एमालेको गठबन्धनको उद्देश्य के हो ? सातबुँदे सहमतिपत्र प्रकाशमा आएको छ । त्यसमा त्यस्तो उल्लेख्य कुनै बुँधा छैन नेपालमा राजनैतिक क्रान्ति र परिवर्तनको । विसं २००७ सालमा नै नेपाली कांग्रेसले बलिदानी संघर्षको बलमा अधिनायकवादी शासक र सत्ताको अन्त गरी प्रजातन्त्र देशमा ल्याएको थियो । नेपालमा प्रजातन्त्र छ, जनता सार्वभौमिक सत्ता सम्पन्न, स्वतन्त्र सरकार जनताद्वारा बनाइएको व्यवस्था हो तर सत्तामा पठाइएका जनता नै अकर्मण्य बन्दा देश गरिब, जनता दुःखी, दलिद्री बनेका छन् । अतः देशमा सामाजिक र आर्थिक क्रान्ति र यिनको समतावाद अर्थात समाजवादमा परिवर्तन आवश्यक छ ।
सामाजिक र आर्थिक व्यवस्था समतावादी अर्थात समाजवादी व्यवस्थामा परिवर्तन भएमा सत्तामा पुगेका जनता अकर्मण्य र अनैतिक कर्ममा प्रवृत्त हुने अवस्था हुँदैन् । देश सम्पन्न र शक्तिशाली हुनेछ । समाजवादमा सुख शान्ति हुनेछ । दुःखी र गरिब देशमा पाइने छैन । प्रजातान्त्रिक राज्य व्यवस्थाको पूर्णता आर्थिक र सामाजिक व्यवस्था समतावादी अर्थात् समाजवादी भए हुन्छ । अर्थात् प्रजातान्त्रिक व्यवस्था पूर्ण समाजवादको कार्यान्वयनमा मात्र चाँडो हुन्छ ।
प्रजातन्त्रविना समाजवादको अस्तित्व नै छैन भने समाजवादविना प्रजातन्त्र अधुरो रहन्छ । अतः सम्माननीय प्रधानमन्त्री के.पी. ओली र शेरबहादुर देउवाजी तपाईहरू चार/पाँचपटक प्रधानमन्त्री भइसक्नुभयो । यति धेरै पटक प्रधानमन्त्री हुँदा देश र जनतालाई के के दिनुभयो, के के गर्नुभयो ? केही उल्लेखनीय काम जनता र भावी पुस्तालेसम्म सम्झन र अनुभव गर्न सक्ने छन् अथवा छैन, विचार गर्नुहोस् । जीवन सार्थक गर्नुहोस् । मौका पाउनु भएको छ, समाजवादी क्रान्तिमा अघि बढ्नुहोस् ।
यो क्रान्ति, शक्ति र साधनको प्रयोगद्वारा लड्ने र गरिने हिंसात्मक होइन । यो क्रान्ति प्रखर बुद्धि र साहसको बलमा गर्न सकिने शान्तिमय क्रान्ति हो । प्रजातान्त्रिक समाजवादको कार्यान्वयमा विकासका व्यवधान समाप्त र विकासका अधिकतम् प्रयोगले यो विकास दुई गुणा, तीन, चार गुणाले बढ्ने, सम्पत्ति, शक्ति र शान्ति पनि । गठबन्धनका नेता शेरबहादुरजी र केपी ओलीजी दुवैजनासँग मेरो सद्भावपूर्ण सम्बन्ध थियो । अहिले पनि म मा भएकाले लेखिरहेको छु । उहाँहरूलाई सम्बोधन गरिरहेको छु, भनिरहेको छु ।
गठबन्धनका कांग्रेस र एमाले दुई पार्टीलाई सामाजिक र आर्थिक क्रान्तीमा अगाडि बढाउनुहोस, क्रान्तिकारी परिवर्तनले सामाजिक र आर्थिक व्यवस्था समाजवादी अर्थात समतावादीमा परिवर्तनले देश प्रजातान्त्रिक समतावादी राज्य व्यवस्थामा परिवर्तन हुनेछ । कीर्तिमानी तपाईहरू हुनुहुनेछ । नेपाल रहेसम्म कीर्तिले तपाईहरू बाँच्नुहुनेछ ।
(कीर्तिर्यस्य स जीवति)
(पूर्वमन्त्री शास्त्री समाजवादी चिन्तक हुनुहुन्छ ।)