ऊर्जा क्षेत्रमा नेपालको निरन्तर प्रगति

श्रीमननारायण
Read Time = 13 mins

नेपाल जलस्रोतको मामिलामा विश्वको दोस्रो ठूलो धनी देश भए पनि यसले आफ्नो बहुमूल्य यस संसाधनको सदुपयोग गर्न सकिरहेको थिएन । उग्र राष्ट्रवादको नारालाई अघि सारेर यथास्थितिबाटै सबै समस्याको समाधान खोज्ने प्रवृत्तिले नेपालको ठूलो अहित गरेको छ । १९ घण्टासम्मको चर्को लोडसेडिङको सामना गरिसकेको नेपाल अब पुनः अँध्यारोतिर फर्कन चाहँदैन । ‘तमसोमा ज्योर्तिगमय’ अर्थात ‘अँध्यारोबाट उज्यालोतिर जाने’ महावाणी हाम्रो बेदमा पनि लेखिएको छ । नेपाल पनि अब अँध्यारोबाट उज्यालोतिर जाने निश्चय गरिसकेको छ । नेपाल र नेपाली जनताको बृहत् हितलाई ध्यानमा राखी हाम्रा सरकारहरूले अब ऊर्जा विकासलाई उच्च प्राथमिकतामा राखेको छ र यसका सकारात्मक परिणामहरू पनि देखापर्न थालेका छन् ।

नेपाल-भारत दुई पक्षीय ऊर्जा व्यापारमा नेपालले गत आर्थिक वर्षमा १२ करोड नाफा कमाउनु र एक वर्षमै एक हजार विद्युत भारतमा निर्यात (बिक्री) गर्न सफल हुनु ऊर्जा क्षेत्रमा नेपालले प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । शायद त्यही भएर होला नेपालस्थित भारतीय राजदूतावासले दैनिक एक हजार मेगावाट विद्युत निर्यात गर्ने दिशामा नेपाल अघि बढ्नुलाई ठूलो उपलब्धिको संज्ञा दिएको छ । दक्षिण एसियाकै क्षेत्रमा प्रमुख जलविद्युत निर्यात गर्ने दिशामा नेपाल अघि बढेकोमा भारतले प्रशंसा गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ । भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपिओ)को एक हिस्साको (अंशको) रूपमा नेपालबाट हुने जलविद्युत आयात गर्ने प्रावधान पनि खोलेको छ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताको आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने परिकल्पना गरेको छ तर नेपालले त सम्झौताको पहिलो वर्षमै एक हजार मेगावाट विजुली निर्यात गरिसकेको छ । नेपाल खुद विद्युत निर्यातकर्ता र खुद् राजस्व उत्पादनकर्ता बनेको छ । गत असारमा बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौताको टुंगो लागेको तर बंगलादेशको आन्तरिक राजनीतिले गर्दा यो सम्झौता केही समय धकेलिए पनि चाँडै पूर्णता पाउने विश्वास छ ।

अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप २५ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ । नेपालले पहिलोपटक विहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ । यसले कूल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) ९४० मेगावाट (२८ वटा परियोजनाबाट) पुग्छ । यो २५१ मेगावाट स्वीकृत हुनुअगावै नै गत आर्थिक वर्षमा १६.९३ अर्ब रुपैयाँबराबरको विद्युत बिक्री गरी नेपाल खुद् विद्युत निर्यातकर्ता र खुद् राजस्व उत्पादनकर्ता बनिसकेको छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपाल भारतमार्फत विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा बढीले बढेको छ ।

इण्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु ग¥यो । त्यस यता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ । भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपिओ)को एक हिस्साको (अंशको) रूपमा नेपालबाट हुने जलविद्युत आयात गर्ने प्रावधान पनि खोलेको छ । जसले गर्दा खरिदकर्ताहरूलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ ।

पछिल्लो समय भारतले थप दुई सय ५१ मेगावाट बिजुली आयातका लागि स्वीकृति प्रदान गरेसँगै दैनिक नौ सय ४१ मेगावाट बिजुली नियमित रूपमा भारतीय बजारमा बिक्री गर्ने बाटो खुलेको छ । भारतले स्वीकृति दिएको परिमाणमा १० प्रतिशतसम्म थपेर विद्युत निर्यात गर्न सकिने हुँदा अब एक हजार मेगावाट भन्दा बढी बिजुली निर्यात गर्न सक्ने अवस्थामा छ । भर्खरै स्वीकृति भएको थप परिमाणको बिजुली भारतको बिहारमा एक सय २५ मेगावाट र हरियाणामा १२५.८९ मेगावाट निर्यात गरिने जानकारी नेपाल विद्युत प्राधिकरणले गराएको छ ।

यसबाहेक २५० मेगावाट थप बिजुली निर्यातका लागि स्वीकृति लिने प्रक्रियासमेत अगाडि बढेको छ । यो वर्ष २५ देखि ३० अर्ब रुपैयाँबराबरको बिजुली निर्यातको लक्ष्य राखिएको छ । भारतले यसअघि १६ परियोजनाको ६ सय ९० मेगावाट विद्युत बिक्री गर्न नेपाललाई स्वीकृति दिएको थियो । यसमा २५१ मेगावाट जोडिएपछि अब ९ सय ४१ मेगावाट विद्युत निर्यात हुने भएको छ । अहिले नेपालको विद्युत जडित क्षमता ३२ सय मेगावाट हाराहारीमा छ । तर, अधिकतम माग दुई हजार मेगावाट हुने गरेको छ । त्यस अवस्थामा दैनिक एक हजार मेगावाट भन्दा बढी बिजुली निर्यात गर्ने अवस्था छ ।

पानीभित्र केवल बिजुलीमात्रै आउँदैन यसभित्र सिँचाई पनि आउँछ । नेपाली किसानहरू सिँचाइको समस्याबाट पनि पीडित छन् । खेतीको समयमा पानीको अभाव भएपछि कृषि उत्पादन राम्ररी हुन सकिरहेको छैन । नेपाली किसानहरूले अपेक्षित रूपमा अन्न उत्पादन गर्न नसक्नुको एउटा कारण सिँचाइको समस्या पनि हो । जलस्रोतभित्र खानेपानी पनि आउँछ । राष्ट्रिय राजधानी काठमाडौंकै जनतालाई पनि राम्ररी खानेपानी उपलब्ध हुन सकिरहेको छैन । जलस्रोतभित्र बिजुली पनि आउँछ । नेपालले आफ्नो यस सम्पदाको समुचित दोहन गर्न सक्यो भने अरब राष्ट्रहरू केवल तेलबाट मात्रै धन-कुबेर बनेजस्तै नेपाल पनि धनी राष्ट्र बन्न सक्दछ ।

पञ्चायतको ३० वर्षमा ऊर्जा क्षेत्रमा राष्ट्रवादकै नीतिलाई निरन्तरता दिने काम भयो । देशमा प्रजातन्त्रको पुनः स्थापनापश्चात पनि पञ्चायती राष्ट्रवादकै नीतिलाई निरन्तरता दिने काम भयो । काम नै नगरेपछि आलोचना पनि हुँदैन । तसर्थ नेपालमा यथास्थितिवादको राजनीतिले बढी महत्व पाउँदै आएको छ ।

पञ्चायतको ३० वर्षमा ऊर्जा क्षेत्रमा राष्ट्रवादकै नीतिलाई निरन्तरता दिने काम भयो । देशमा प्रजातन्त्रको पुनः स्थापनापश्चात पनि पञ्चायती राष्ट्रवादकै नीतिलाई निरन्तरता दिने काम भयो । काम नै नगरेपछि आलोचना पनि हुँदैन । तसर्थ नेपालमा यथास्थितिवादको राजनीतिले बढी महत्व पाउँदै आएको छ । नेकपा एमाले र नेकपा माआवादी केन्द्र त कोशी, गण्डकी र कर्णाली सम्झौताको विरोधमात्रै गर्दै रहे । विसं २०४९/०५० सालतिर अरुण दोस्रो जलविद्युत परियोजनाको निर्माणको चर्चा तात्कालीन नेकपा एमालेले त्यस सम्झौताको विरोधमात्रै गरेनन् अपितु यो परियोजना सञ्चालनमै आउन दिएन । त्यतिबेला एमालेको अडान थियो अरुण आए राष्ट्रियता जान्छ । हाल अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण कार्य सम्पन्न हुने अवस्थामा छ । चाँडै नै यो कार्यान्वयनमा आउनेछ । यो परियोजना साढे नौ सय मेगावाटको हो ।

नेपालमा कतिपय यस्ता विद्युत माफियाहरू छन् जो केवल परियोजना बनाउने निर्माण कम्पनीको लाइसेन्स खल्तीमा लिई हिँडेका छन् । ऊर्जा क्षेत्रको विकास होइन, केवल त्यसलाई ‘होल्ड’ गरिराख्नु हो । नेपालमा जसले आएर बिजुलीको उत्पादन गरे पनि बिक्री गर्ने ठाउँ भनेको भारत नै हो । उत्तरी छिमेकीलाई नेपालको बिजुली चाहिएको छैन । यहाँ केवल बिजुलीको निर्माण गर्न चाहन्छ । नेपालभन्दा पनि सानो देश भुटानले दुई दशकअघिदेखि नै आफूलाई बिजुलीको क्षेत्रमा आत्मनिर्भर बनाएको छ ।

अपितु त्यहाँबाट उत्पादित बिजुली भारतमा बिक्री गरेर पैसा पनि कमाइरहेको छ र आफ्नो अर्थतन्त्रलाई बलियो बनाएको छ । ढिलै भए पनि नेपाल बिजुलीको निर्यात गर्ने अवस्थामा पुग्नु खुशीको कुरा हो । भारतसँग भएका ऊर्जासम्बन्धी सम्झौताहरूका कारण नेपालको ऊर्जा विकासको ढोका खुलेको छ । नेपालमा केवल वर्षा ऋतुमा मात्रै बिजुली उत्पादन हुन्छ । नेपालले वर्षामा भारतलाई बिजुली बिक्री गर्ने गरेकोमा हिउँदमा त्यहाँबाट खरिद गर्ने अवस्थामा छ । तैपनि ऊर्जा क्षेत्रमा नेपालले गरेको प्रगति सराहनीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *