विद्यालयस्तरीय टेबलटेनिस गर्दै एनआरटी

देशभरका ४३ विद्यालयका १९२ खेलाडी रहने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं खेल मण्डल (केकेएम) र न्युरोड टिम (एनआरटी) ले आफ्नो ९०औँ वार्षिक उत्सवका अवसरमा अन्तरविद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । भदौ ११ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका ४३ विद्यालयका १९२ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुनिलभक्त जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्र र छात्राको टिम, यू-१६ छात्र र छात्रा एकल तथा यू–१२ छात्र र छात्रा एकल गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । ग्रासरुट स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालयस्तरको प्रतियोगिता आयोजना गरिन लागिएको एनआरटीले जनाएको छ ।

प्रतियोगितामा यू-१६ र यू-१२ विधाका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल टेबलटेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *