वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा किभका निम्ति १२ करोड ५० लाख डलरबराबरको थप सैन्य सहयोगको घोषणा गर्नुभएको छ । बाइडेनले युक्रेनका निम्ति सैन्य सहायताको घोषणा गर्दा आफूलाई गर्व लागेको विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
सहयोगमा युक्रेनको महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल समावेश छन् । अमेरिकाले रुसको विकसित रणनीतिविरुद्ध रक्षा गर्न ‘काउन्टर–ड्रोन’ उपकरण र ‘एन्टी-आर्मर’ मिसाइल, युक्रेनी सैनिकको प्रतिरक्षाका निम्ति गोलाबारुदलगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ । बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताका साथमा रहेको उल्लेख गर्नुभएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सैन्य सहायताको घोषणाको प्रशंसा गर्दै विशेषगरी हवाई रक्षाको तत्काल आवश्यकता रहेको सामाजिक सञ्जाल एक्समार्फत बताउनुभएको छ । अमेरिकाले युक्रेनलाई एक प्रमुख सैन्य समर्थक भई सन् २०२२ फेब्रुवरीमा रुसले आक्रमण सुरु गरेदेखि ५५ अर्ब डलरभन्दा बढी हतियार, गोलाबारुद र अरू सुरक्षा सहायता प्रदान गरिसकेको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच