काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ।
भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो। बंगलादेश भने समूह ‘ए’ को उपविजेता टोलीको रुपमा सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो।
यो खेलको विजेताले उपाधिका लागि घरेलु टोली नेपालको सामना गर्नेछ। नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच