
मुगु । अवरुद्ध भएको तीन हप्ता पछि गमगढी(तारापानी सडक खुलेको छ ।
सोरु गाउपालिका वडा न ८ आशिधारा खोला भन्ने स्थानमा पहिरो आइ करिव ३०० मिटर सडक लगेपछि गत महिनाको १५ गतेबाट यो सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि सोरुगाउपालिका तिर जाँदा र सदरमुकाम गमगढी तिर आउँदा तिनवटा गाडी फेर्नु पर्ने बाध्यता थियो भने पहिरो पार गर्दा जोखिम मोलेर दौडनु पर्ने अवस्था थियो ।
मौसममा केही सुधार आएकोले पुन काम शुरु गरि सोमबारबाट यो खण्ड सुचारु भएको कामको जिम्मा लिनुभएको निर्माण व्यवसायी बलिराज शाहीले जानकारी दिनुभयो।
कर्णाली प्रदेश सरकार मातहतको यो सडक खुलाउन प्रदेश सरकारले आजसम्म कुनै पहल बताउँदै गत वर्षपनि सोही स्थानमा पहिरो आउदा महिना दिन सडक अवरुद्ध भएको थियो त्यो बेला पनि सोरु गाउपालिकाले विकास बजेट काटेर सो ठाउँ पहिरो पन्छाएर सडक खुलाएका थियौ सोरु गाउँ पालिकाका उपाध्यक्ष केशरजङ्ग शाहीले भन्नुभयो ।
पहिरो गएको आशिधारा खोलाको ५ गते प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, शसस्त्र प्रहरी नायव उपरिक्षक नवराज विक्रम कुवर,नेपाल पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल र सोरु गाउपालिका उपाध्यक्ष केशरजङ्ग शाही सहितको टोलिले स्थलगत अवलोकन समेत गरेको थियो ।
अबलोकनको क्रममा प्रमुख जिल्ला अधिकारि टोपेन्द्र केसिले स्थायी समधान गर्न करोडौ बजेट लाग्ने देखिन्छ त्यो प्रदेश र संघिय सरकारले भोलिका दिनमा गर्लान तर स्थानियलाइ तत्काल समस्या समाधान र जनतालाइ सहजता दिन पहिरो पन्छाएर अस्थायी ट्रयाक खोल्न गाउपालिकालाइ सुझाव दिनु भएको थियो ।
गमगढी - तारापानी २३ किमि सडक खुलेपनि तारापानी - सोरुकोट २२ किमि सडक सडक अझै अवसुद्ध छ यो खण्डको सिपपहिरो भन्ने ठाउमा सुख्खा खोलामा बाढी आइ सडक विगारेको छ ।
तारापानीसम्म सडक खुलायौ अब सिपपहिरोको अवरोध पनि २–४ दिन मै हटाएर गाउापालिका केन्द्र सोरुकोट सम्मै सडक नियमित बनाउने उपाध्यक्ष शाहीले बताउनु भयो ।
गत वर्ष पनि सोही स्थानमा ठूलो पहिरो गएकाले जनताको अन्य विकास योजना काटेर सामान्य सडक खुलायौँ यो चोटि पनि उधारोमा पहिरो पन्छाएको गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच