काठमाडौं । एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारण एक हजार तीन सय ७८ जना नेपालीले ज्यान गुमाएका हुन् । धेरैजसोको विभिन्न रोगकै कारण मृत्यु भएको पाइएको छ । विभिन्न रोग लागेर दुर्ई सय ६१ जना नेपालीले ज्यान गुमाएका छन् भने आत्महत्या एक सय ९२, प्राकृतिक मृत्यु एक सय ९१, हृदयाघात एक सय २०, सवारी दुर्घटनामा परेर एक सय तीनजनाले ज्यान गुमाएको बोर्डको तथ्यांकमा छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारण एक हजार तीन सय ७८ जना नेपालीले ज्यान गुमाएका हुन् ।
त्यसैगरी सातजनाको हत्या भएको छ भने ५४ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । ६० जनाको बिरामी भएर मृत्यु भएको छ । ६९ जनाको मृत्युको कारण थाहा नभएको, चारजनाको कार्यस्थलमा दुर्घटना भएर, ६३ जनाको अन्य कारणले मृत्यु भएको छ । सातजनाको मिर्गाैला रोग लागेर, सातजनाको कोरोना, ७९ जना कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको छ । ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ६० हजार एक सय तीन र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई लाख ७७ हजार दुई सय ७२ थियो ।
त्यस्तै गत आर्थिक वर्ष रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
कामदार नपठाउने मेनपावरको पनि नवीकरण हुने
वैदेशिक रोजगार विभागले सयभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी संस्था (मेनपावर) लाई नवीकरणका लागि आहृवान गरेको छ । विभागले नवीकरण दस्तुर बुझाई नवीकरणका लागि आवेदन पेश गर्न आग्रह गरेको हो । तर, त्यस्ता मेनपावर कम्पनीहरूको अनुगमन गरेरमात्रै नवीकरण गरिने विभागले जनाएको छ । यसअघि आवेदन गरिसकेकाको हकमा पुनः आवेदन पेश गर्नुनपर्ने बताइएको छ । लगातार दुर्ई वर्षसम्म वार्षिक सयजना कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने मेनपावर संस्थाको नवीकरण नगर्ने कानुनी व्यवस्था छ तर विगत चार वर्षदेखि मन्त्रिपरिषद्बाट निर्णय गरेर बाधा अड्काउ फुकाउमार्फत् मेनपावर व्यवसायीको नवीकरण गरिँदै आएको छ । २०८१ साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउमार्फत् नवीकरण गर्ने निर्णय गरेको थियो । नवीकरणअघि ती कम्पनीहरूको अनुगमन गरिने निर्णय गरेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि