काठमाडौं । दिवाकर भट्टराई निर्देशित चलचित्र ‘मायावी’ले तिहारको छेको पारेर कात्तिक १५ गते रिलिज हुनेभएको छ । चलचित्रको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं हुनुहुन्छ । चलचित्रमा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।
राज कटुवाल र चन्द्र पन्त चलचित्रका निर्माता रहेको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ । निर्देशक भट्टराई स्वयंको लेखन रहेको सिनेमाको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।
यही मितिमा प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ पनि आउँदैछ । योसँगै लक्ष्मी पूजाको बक्स अफिस पल शाह भर्सेस प्रदीप खड्का हुने भएको छ । नाम चलेका दुई कलाकारको चलचित्र एकै मितिमा आउने निश्चित भएपछि दशैंजस्तै तिहारको बक्स अफिस भिडन्त पनि रोचक हुने देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच