काठमाडौं । आँडिसंकरा कलेज अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (एसिइटी) ले इन्फरमेटिक्स कन्सल्टेन्सीमा आगामी शैक्षिक वर्षको छात्रवृत्ति प्रदान गर्ने भएको छ । एसिइटीले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी एसिइटीको प्रविधि शिक्षामा उत्कृष्टताको प्रतिबद्धता साथै योग्य र प्रतिभाशाली विद्यार्थीका लागि छात्रवृत्तिबारे जानकारी गराएको हो ।
सो अवसरमा एसिइटीका निर्देशक, एसिइटीका अन्तर्राष्ट्रिय भर्ना निर्देशकहरूले भर्ना प्रक्रिया, उपलब्ध छात्रवृत्ति र कलेजले आफ्ना विद्यार्थीलाई प्रदान गर्ने विभिन्न अवसरको विस्तृत जानकारी गराएका थिए । इन्फरमेटिक्स कन्सल्टेन्सीका निर्देशक ज्ञानेन्द्रमान जोशीले इन्फरमेटिक्स कन्सल्टेन्सीले शैक्षिक परामर्शदाताका रूपमा विद्यार्थीलाई शैक्षिक लक्ष्यतर्फ मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
इन्फरमेटिक्स कन्सल्टेन्सीका हेड अफ इण्डियाका शिव न्यौपानेले कलेज र इन्फरमेटिक्स कन्सल्टेन्सीबीचको रणनीतिक सहकार्यबारे चर्चा गर्दै सहकार्यको उद्देश्य भर्ना प्रक्रिया सहज बनाउने र विद्यार्थीलाई उत्कृष्ट शैक्षिक अवसर प्रदान गर्ने रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच