काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईको तलबमा वृद्धि भएको छ । हाल एक लाख २० हजार तलब पाउँदै आउनुभएका महासचिव राईले अब दुई लाख ७० हजार पाउनुहुनेछ । कार्यसमिति बैठकबाट महासचिवको तलब दुई हजार डलर पुर्याउने प्रस्ताव पारित भएको हो ।
बैठकमा कार्यसमितिका २१ सदस्यमध्ये नौजनाले विरोध जनाएका थिए । खेलाडीको तलब भने १८ हजारबाट बढाएर ३० हजार पुर्याइएको छ । महिला/पुरुष खेलाडीको पारिश्रमिक समान बनाइएको छ ।
यसैगरी (एन्फा)ले वर्षको उत्कृष्ट फुटबल खेलाडीलाई ३५ लाख रुपैयाँ एवं कार पुरस्कार दिने निर्णय गरेको छ । यसैगरी उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई पुरस्कार सिफारिस गर्न पनि समिति गठन गरिएको छ ।
बैठकले रंगशाला निर्माणका लागि पहल गर्न उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको छ । समितिले राखेप र नेपाल सरकारसँग रंगशाला निर्माणका विषयमा छलफल गर्नेछ ।
फिफाबाट आएको बजेटलाई एन्फाअन्तर्गतको भौतिक पूर्वाधार निर्माण गर्न प्रयोग गरिने भएको छ । यसैगरी एन्फा कम्प्लेक्समा भएको आर्टिफिसियल टर्फ परिवर्तन गरिने भएको छ । धादिङ, मकवानपुर र काभ्रेमा फुटबल मैदानको टर्फ र प्यारापिटका लागि एक लाख डलर एन्फाले दिने भएको छ ।
एन्फा बैठकले खेलाडीका लागि बस खरिद, प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसको सम्झौता नवीकरण, होस्टेलको खाद्यान्न सामग्री आपूर्तिलगायत विषयलाई छलफलको एजेण्डा बनाएको छ । नेपालमा हुने साफ प्रतियोगिता र युवा लिगको विषय पनि बैठकमा छलफल भइरहेको छ । एन्फाको कार्यसमिति बैठक बिहीबार फेरि बस्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच