
नयाँदिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का सचिव जय साह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालमा नबस्ने निर्णय गरेपछि अध्यक्ष पदका लागि साह एकमात्र उम्मेदवार बन्नुभएको थियो । ‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को अध्यक्षका लागि मनोनीत हुन पाएकोमा म आभारी छु,’ साहले आइसिसीको वेबसाइटसँग भन्नुभएको छ । जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरपछि आइसिसीको अध्यक्ष बन्ने साह पाँचौँ भारतीय नागरिक हुनुहुन्छ ।
बार्कलेले पहिलोपटक सन् २०२० मा दुई वर्षका लागि आइसिसीको अध्यक्ष पद सम्हाल्नुभएको थियो । सन् २०२२ मा साह आइसिसीको प्रभावशाली वित्त तथा वाणिज्य मामिला समितिको सदस्य बन्नुभएको थियो भने सन् २०२३ मा समितिको नेतृत्व गर्नुभएको थियो । साहले सन् २००९ मा गुजरात क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले सन् २०१९ देखि बिसिसिआईमा सचिवका रूपमा काम गर्नुभयो ।
उहाँको कार्यकाल २०२५ सम्म रहेको थियो । आइसिसीको अध्यक्ष बनेपछि उहाँले बिसिसिआई सचिव र आइसिसीको प्रभावशाली वित्त तथा वाणिज्य मामिला समितिको पदबाट राजीनामा दिनुपर्नेछ । साह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद्को अध्यक्ष पनि हुनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच