एम्स्टर्डम । नेदरल्याण्ड्सले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । अन्तिम खेलमा अमेरिकामाथि जित निकाल्दै नेदरल्याण्ड्सले त्रिकोणात्मक सिरिज जितेको हो । सिरिजको छैटौँ तथा अन्तिम खेलमा बुधबार अमेरिकालाई ४ रनले पराजित गर्दै नेदरल्याण्ड्स घरमा नै उपाधि राख्न सफल भएको हो ।
नेदरल्याण्ड्सले सिरिजमा खेलेका चारमध्ये तीन खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन भएको हो । एउटा खेलमा भने नेदरल्याण्ड्स क्यानडासँग पराजित भएको थियो । अमेरिका र क्यानडाले समान एक बराबरी र एक जित हात पारेका छन् ।
नेदरल्याण्ड्सले दिएको १३३ रनको लक्ष्य पछ्याएको अमेरिकाले १९.१ ओभरमा अल आउट हुँदै १२८ रनमात्र बनायो । अमेरिकाका आन्द्रेस गौसले २६ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४२ रन जोड्नुभयो । ओपनर साइतेजा मुकामुल्लाले १६ बलमा २४, आरोन जोन्सले १३ तथा जसदिप सिंहले १२ रन बनाउनुभयो । एक समय ७५ रनमा २ विकेट गुमाउँदै सहज जिततर्फ अमेरिका अघि बढेको थियो । नियमित रूपमा विकेट गुमाउँदा ५३ रन जोड्दा ८ विकेट गुमाएको हो ।
नेदरल्याण्ड्सका लागि आर्यन दत्तले ३, काइल क्लेन र ड्यानियल डोरमले समान २ तथा पल भान मेकरम र म्याक्स ओडाउडले समान १ विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन जोडेको थियो ।
नेदरल्याण्ड्सका लागि रायन क्लेनले २५ बलमा नट आउट रहँदै सर्वाधिक ३६ रन बनाउनुभयो । ओपनर म्याक्स ओडाउडले २२ बलमा २७, काइल क्लेनले १४ बलमा १६ तथा विक्रमजित सिंहले १० बलमा १४ रन जोड्नुभयो । अमेरिकाका लागि हरमित सिंहले तीन, जसदिप सिंहले दुई तथा यासिर मोहम्मद र शाड्ली भानले समान एक विकेट लिनुभयो । एजेन्सी ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच