काठमाडौं । पछिल्लो समय घट्दोक्रममा रहेको सेयर बजार बिहीबार पनि ३६.८३ अंकले घटेर २७४९.५७ अंकमा झरेको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेर १२ अर्ब छ करोडमा झरेको छ । यस दिन तीन सय २२ कम्पनीका दुई करोड ८३ लाख कित्ता सेयर एक लाख ४५ हजार नौ सय २१ पटक कारोबार भएका थिए ।
सामूहिक लगानी कोष समूहबाहेक अन्य सबै समूहको सेयर मूल्य घटेको छ । जीवन बिमा समूह, लघुवित्त, वाणिज्य बैंक, विकास बैंक, होटल र निर्जीवन बिमा समूहको मूल्य उच्च अंकले घटेको हो । तर, जनउत्थान सामुदायिक लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
पिपुल्स हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको सेयरमूल्य साढे पाँच प्रतिशतभन्दा बढीले बढेको छ । एक सय ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५३ कम्पनीको सेयरमूल्य बढेको छ । थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेको छ भने विन नेपाल लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर, तारागाउँ रिजेन्सी, नाडेप लघुवित्तलगायतको पनि ५० प्रतिशतसम्मले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार गुडविल फाइनान्स, अपि पावर र हिमालयन रि इन्स्योरेन्सको भने धेरै कारोबार भएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच