काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोले भेटवार्ता गर्नुभएको छ । कृषि मन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आपसी सद्भाव, समझदारी र सहयोगका विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री अधिकारीले अमेरिकाले सन् १९५० को दशकदेखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोगका लागि आग्रह गर्नुभयो ।
सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, कृषि अनुसन्धानलाई बढावा दिने, कृषि पूर्वाधारको विकासलाई तीव्रता दिने, उत्पादित कृषि उपजको आन्तरिक एवं बाहृय बजारमा सहज पहुँच पुर्याउने, नेपालको भौगोलिक क्षेत्र विशेष कृषि उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरी कृषि पर्यटनसमेतको सम्भावना साकार पार्ने योजना रहेको मन्त्री अधिकारीले बताउनुभयो । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अधिकारीले उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने लक्ष्य लिएको बताउनुभयो ।
आगामी दिनमा दुर्ई देश र जनताको पारस्परिक हितका लागि मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालले संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय र बहुपक्षीय तहमा नजिकबाट काम गर्न तत्पर रहेको पनि उहाँले जानकारी गराउनुभयो । युएसएआइडी मिसन डाइरेक्टरले कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच