काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्राभेल सडक निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।
शुक्रवार दायर गरिएको पुनरावेदनमा प्रतिवादी शिवजीप्रसाद राय, रामकिशोर साह, प्रेमचन्द्र झा र राजकुमार महतोसहितको मुद्दामा विशेष अदालतले गत पुस २६ गते दिएको सफाईको फैसलालाई चुनौती दिइएको हो ।
अख्तियारले प्रतिवादीहरूले सरकारी रकम हानिनोक्सानी र राजस्व चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले प्रतिवादीहरूलाई सफाई दिएको फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
विशेष अदालतले प्रतिवादीहरूको बचाउ गर्दै बाढीका कारणले ग्राभेल सडकको परिमाणमा घटबढ भएको ठहर गरेको थियो ।
बाढीले सडकमा असर नपारेको प्रमाण र प्रतिवादीले गलत नापी किताब, अन्तिम बिल, तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी सरकारी रकम हानिनोक्सानी गराएको प्रमाण प्रस्तुत गरेको छ ।
अख्तियारले प्रतिवादी मोहम्मद दाउदले राजस्व चुहावट गरी भ्याट भुक्तानी नगरी भरपाईका आधारमा रकम निकासा गरेको र पछि भ्याट विजक दाखिल गरी अदालतबाट सफाई पाएको दाबी गरेको छ । अख्तियारले दाउदको कार्यलाई फौजदारी कसुर ठहर गरी सफाई दिने विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण भन्दै पुनरावेदन गरेको शुक्रवार जारी एक विज्ञप्तिमा जनाएको छ ।
पुनरावेदनमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाअनुसार प्रतिवादीलाई सजाय र बिगो असुल गर्नुपर्ने माग राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच