सवाना । अमेरिकी उपराष्ट्रपति कमला हृयारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको छ । अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हृयारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान अमेरिकी कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मलाई विश्वास छ सीमा प्रवेशमा परिणाम आउने गरी कडाइ गर्नुपर्छ । हामीसँग कानुनहरू छन्, यसको पालना गर्नुपर्छ र आप्रवासी तथा शरणार्थी समस्यालाई व्यवस्थित गर्नुपर्छ ।
‘राष्ट्रपति निर्वाचित भएमा मैले हाम्रा विद्यमान कानुनहरूलाई लागू गर्नेछु,’ हृयारिसले भन्नुभएको छ । उहाँले गाजायुद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताउनुभयो । यद्यपि, हृयारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने र ‘यो युद्ध अन्त्य गर्ने’ समय आएको दाबी गर्नुभयो । रासस/एएफपी ।







देशका विभिन्न स्थानमा सडक अवरुद्ध,
यस्तो छ आजका लागि कृषि
भैँसेपाटीका मन्त्री आवास असोजभित्रै तयार
राष्ट्रिय उद्योग पुनर्जीवनको दाबी गर्दै
झापामा पुँजीगत खर्च ५१ प्रतिशत
कालीकोटको पलाँता अस्पतालभित्रै डाक्टर र