म्युजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेको नाम हो शिला गजुरेल । नुवाकोट विदुर-५ मा बुबा धनबहादुर र आमा शोभा गजुरेलको कोखबाट जन्मिनुभएकी उहाँ काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना प्रस्तुति दर्शकमाझ पस्किरहनुभएको छ । सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने उहाँ विस्तारै बढ्दै जाँदा यो क्षेत्रमा हेलिएको बताउनुहुन्छ । स्कुल तथा स्थानीयस्तरमा हुने विभिन्न प्रतियोगितामा प्रथम स्थानमा आफूलाई उभ्याउन सफल उहाँ त्यही प्रारम्भिक सफलताले नै अहिले यो क्षेत्रमा स्थापित हुनुहुन्छ । रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘उकाली त्यो पल्लो डाँडा’बाट नेपाली म्युजिक भिडियो क्षेत्रमा डेब्यु गर्नुभएकी शिला अहिलेसम्म आउँदा एक सय जति गीतका भिडियोमा अभिनय गरेको बताउनुहुन्छ । गायक रमेश पाठकको गीत ‘झल्को मात्रै आँखामा’ अभिनय गरेपछि यो क्षेत्रमा फर्केर हेर्नु नपरेको उहाँको भनाइ छ । शिलाका ‘अधुरो सपना, अधुरो सपना-२, मायाकै पिर, मिरा हुँ म तिम्रै, चाचरी, तिम्रै झल्को, तिमी नै तिमी, बोल न बोल, सोल्टिनीको रातो गालैमा, एउटा मान्छे नरिसाए, नाच्ने बरिलै, मै राम्री छैन र, तीजको उमंग छायो बरिलै, कारण चाहियो, कम्मरै भाँच्ने हो, सुस्तरी, गलामा पासो, जाँदा जाँदै बन्दीपुर पुग्यो, मेरो राजालाई, रेलको बाटो बन्दैछ, कमला समाल, तीजै रमाइलो सागरको छाल, पियारी, ओइ सोल्टी, देखेँ तिमीलाई, मिठा बात, कुर्ता नि सुहाउँछ, पिरती लाउन सिकाइदेऊ, तोरी पहेँलै लगायतका थुप्रै गीतका भिडियो दर्शकमाझ लोकप्रिय छन् । उहाँले आधा दर्जन जति व्यावसायिक विज्ञापन र सिरियलमा पनि अभिनय गर्नुभएको छ । नाच्न र अभिनय भनेपछि सानैदेखि हुरुक्क हुने बताउनुहुने कलाकार शिला गजुरेलसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
यतिबेला दुइटा गीतको छायांकनका लागि हेटौंडाको दामनमा छु । यहाँपछि हामी हेटौंडा जाँदै छौँ । यी गीतको छायांकनका लागि हाम्रो युनिट मंगलबार यहाँ आएको थियो । बुधबारदेखि सुरु भएको छायांकन शनिबार सकिन्छ । यस्तै यस्तै आफ्ना कर्ममा नै व्यस्त छु भन्नुपर्ला । यस्तै मैले मेरो पढाइलाई पनि अघि बढाइरहेकी छु । यतिबेला ब्याचलरको दोस्रो वर्षमा अध्ययनरत छु ।
एकदमै व्यस्त हुनुहुन्छ है ?
व्यस्तभन्दा पनि खुसी छु । मलाई लायक सम्झिएर अफर गरिरहनुभएको छ ।
यतिबेला नेपाली महिलाहरूको महान् पर्व तीज संघारमा छ । तीजसँग जोडिएको अर्को पाटो हो गीत संगीत । तीजलाई लक्षित गर्दै धेरै गायकगायिकाले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । यहाँले यो तीजमा कति जति गीतमा अभिनय गर्नुभयो ?
हो, यहाँले भने जस्तै यतिबेला तीजको माहोल छ । जता हिँड्दा पनि रातो सारीमा लरक्कै भएर दिदीबहिनी हिँडेको देखिन्छ । तीजको अवसर पारेर थुप्रै स्रष्टा सर्जकले आफ्ना प्रस्तुति श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मैले पनि यो तीजमा आधा दर्जन जति गीतका भिडियोमा अभिनय गरेँ । गायिका मञ्जु लावतीको ‘मै राम्री छैन र ?’, महेश बुढाथोकीको ‘तीजको उमंग छायो बरिलै’, खुमन अधिकारीको ‘कुर्ता नि सुहाउँछ’, दुर्गा पौडेलको ‘आफूलाई आफैं राम्रो’ लगायतका छन् ।
मेरो अभिनय एवं नृत्य रहेका प्रायः गीतका भिडियोलाई दर्शकले मन पराइदिनुभएको छ । आफूले अभिनय गरेका सबै सिर्जना उत्तिकै मनपर्छ । एक खालको लगाव हुँदोरहेछ आफ्ना सिर्जनासँग । मैले अभिनय गरेका केहीको नाम लिनुपर्दा ‘अधुरो सपना, अधुरो सपना-२, मायाकै पिर, मिरा हुँ म तिम्रै, चाचरी, तिम्रै झल्को, तिमी नै तिमी, बोल न बोल, सोल्टिनीको रातो गालैमा, एउटा मान्छे नरिसाए, नाच्ने बरिलै, कारण चाहियो, कम्मरै भाँच्ने हो, सुस्तरी, गलामा पासो, जाँदा जाँदै बन्दीपुर पुग्यो, मेरो राजालाई, रेलको बाटो बन्दैछ, कमला समाल, तीजै रमाइलो, सागरको छाल, पियारी, ओइ सोल्टी, देखेँ तिमीलाई, मिठा बात, पिरती लाउन सिकाइदेऊ, तोरी पहेंलै’ लगायत थुप्रै छन् ।
कसरी आउनुभयो यो क्षेत्रमा ?
म नाच्न भनेपछि सानैदेखि हुरुक्क हुन्थेँ । स्कुल र स्थानीयस्तरमा हुने कार्यक्रम र प्रतियोगिताहरूमा भाग लिन्थेँ । प्रायः प्रथम स्थान मेरै पोल्टामा आइपुग्थ्यो । सानैदेखिको लगावले नै म यो क्षेत्रमा हेलिँदै गएँ ।
पहिलो कुन थियो याद छ ?
छ किन नहुनु नि । अनौपचारिक रूपमा धेरै ठाउँमा नृत्य र अभिनय गरेकी भए पनि पहिलो गीतको भिडियोलाई लिएर म एकदमै उत्साहित थिएँ । राम्रो पनि भयो । रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘उकालीको त्यो पल्लो डाँडा’ मेरो डेब्यु म्युजिक भिडियो थियो ।
यहाँको करिअरमा ट्रनिङ प्वाइन्ट कुन गीतको भिडियोलाई लिनुहुन्छ ?
मैले अभिनय गरेका सबै गीतलाई दर्शकले मन पराइदिनुभएको छु । यति धेरै माया गर्नुभएकोमा म आफूलाई भाग्यमानी पनि सम्झन्छु । करिअरको ट्रनिङ प्वाइन्ट रमेश पाठकको गीत ‘झल्को मात्रै आखाँमा’लाई लिन चाहन्छु । यो गीतको भिडियोमा अभिनय गरेपछि मैले पछि फर्किएर हेर्नुपरेको छैन । यो गीतको भिडियो र रमेशजी मेरा लागि लक्की हुनुभयो ।
अहिलेसम्म कति जति गीतका भिडियोमा अभिनय एवं नृत्य गर्नुभयो होला ?
थुप्रै छन्, यस्तै एक सयको हाराहारीमा भयो होला ।
यहाँले अभिनय गरेका थुप्रै गीत दर्शकको रोजाइमा परेका छन्, केहीको नाम लिनुपर्दा ?
यहाँले भने जस्तै मेरो अभिनय एवं नृत्य रहेका प्रायः गीतका भिडियोलाई दर्शकले मन पराइदिनुभएको छ । धेरै छन् । आफूले अभिनय गरेका सबै सिर्जना उत्तिकै मनपर्छ । एक खालको लगाव हुँदोरहेछ आफ्ना सिर्जनासँग । फेरि पनि केहीको नाम लिनुपर्दा ‘अधुरो सपना, अधुरो सपना-२, मायाकै पिर, मिरा हुँ म तिम्रै, चाचरी, तिम्रै झल्को, तिमी नै तिमी, बोल न बोल, सोल्टिनीको रातो गालैमा, एउटा मान्छे नरिसाए, नाच्ने बरिलै, कारण चाहियो, कम्मरै भाँच्ने हो, सुस्तरी, गलामा पासो, जाँदा जाँदै बन्दीपुर पुग्यो, मेरो राजालाई, रेलको बाटो बन्दैछ, कमला समाल, तीजै रमाइलो, सागरको छाल, पियारी, ओइ सोल्टी, देखँे तिमीलाई, मिठा बात, पिरती लाउन सिकाइदेउ, तोरी पहेँलै’लगायत थुप्रै छन् ।
कस्ता गीतमा धेरै अभिनय गर्नुभएको छ ?
सबै खालका गीतमा अभिनय गरेकी छु ।
तपाईं आफूलाई कस्ता गीतमा सहज महसुस गर्नुहुन्छ ?
मैले सबै खालका गीतमा अभिनय एवं नृत्य गरेकी छु । सबै गीतमा न्याय गर्न सक्छु जस्तो लाग्छ ।
यहाँलाई विभिन्न विज्ञापनमा पनि देखिन्छ नि ?
हो, यहाँले भने जस्तै आधा दर्जन जति विज्ञापनमा अभिनय गरेकी छु । एनसेलको विज्ञापन, जगदम्बा, चाउचाउलगायतका विज्ञापन रहेका छन् ।
सिरियलतिर पनि हुनुहुन्छ कि ?
छु नि । केही सिरियलमा अभिनय गरेकी छु । आधा दर्जन जति छन् ।
यो क्षेत्रमा लागेको छोटो समयमै चर्चा कमाउन सफल हुनुको पछाडि के हो जस्तो लाग्छ ?
मलाई के लाग्छ भने मुख्य कुरा त आफू जुन क्षेत्रमा हो त्यो क्षेत्रमा पूर्ण रूपमा समर्पित भएर लाग्नुपर्छ । कडा परिश्रम, मिहिनेत, कामप्रति इमानदारिता, निरन्तरता र लगनशीलता हुनुपर्छ जस्तो लाग्छ ।
यहाँका प्रस्तुतिले तारिफ बटुलिरहँदा विभिन्न मान-सम्मान, पुरस्कार र अवार्ड पनि प्राप्त भइरहेको देखिन्छ, कस्तो लाग्छ फर्किएर हेर्दा ?
मैले माथि पनि भनेँ म एकदमै आफूलाई भाग्यमानी सम्झन्छु । स्टार इन्टरनेसनल अवार्ड, जिनियस म्युजिक अवार्ड, मिलाप तीज सम्मान, वल्र्ड वाइड मिडिया सम्मानलगायत अवार्ड, सम्मान प्राप्त भएका छन् । मैले कहिल्यै पनि पुरस्कार र अवार्डका लागि भनेर काम गरिनँ तर गर्दै जाँदा यी सब प्राप्त हुँदोरहेछ । मलाई के लाग्छ भने मैले अझै यो क्षेत्रमा धेरै गर्न बाँकी छ ।
विभिन्न मेला महोत्सवमा पनि यहाँलाई पुगेको देखिन्छ भने प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरेको पाइन्छ नि ?
हो, यहाँले भने जस्तै, देशका विभिन्न भागमा हुने मेला महोत्सवमा बोलाउनुहुन्छ, पुग्ने गर्छु । यस्तै, काठमाडौं तथा मोफसलमा हुने सौन्दर्य प्रतियोगिता, नृत्यका साथै अभिनय प्रतियोगितामा निर्णायकका लागि बोलाउनुहुन्छ ।
अन्त्यमा ?
म सिक्दै छु । गर्दै छु । यो क्षेत्रमा मैले अझै धेरै गर्न बाँकी छ । निरन्तर यो क्षेत्रमा आफ्ना क्रियशन पस्किने सोचका साथ अघि बढिरहेकी छु । मेरो नृत्य र अभिनयलाई यति धेरै मन पराइदिनुभएकोमा आभारी छु । सधैँ यस्तो साथ सहयोगको अपेक्षा राख्दछु । यो बसाइ र संवादका लागि यहाँ र लोकप्रिय दैनिक हिमालय टाइम्सलाई मनदैखि धन्यवाद टक्र्याउन चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच