रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागिआन्तरिक पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ ।
चलनचल्तीको रुपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैनुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ । सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाईमा परेको छ सो झरना ।
राजधानी काठमान्डौ देखि करिब ७० किलोमिटर दूरीमा रहेको सो झरना मोटरबाइक, बसको प्रयोग गरी पुग्न सकिन्छ । जहाँ त्रिसुली नदी मुनीबाट बगेको छ भने मैलुङ्ग झरना माथी पट्टी रहेको छ ।
गर्मी बढे सगै सो झरनामा गर्मी छल्न मान्छेको भिड बढ्ने गरेको स्थानियहरु बताउँछन् । त्यस्तै अन्य दिनहरुको तुलनामा शनिवार भने अत्याधिक भिड लाग्ने गर्दा छ ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच