जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताउनुभएको छ ।
जसपा, नेपालको आधार संगठन निर्माण अभियान अन्तर्गत शनिवार जनकपुरधाममा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोन गर्दै अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाउनुभएको हो । उहाँले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय काँग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको बताउँदै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा काँग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताउनु भयो । उहाँले यो अवधिमा देशको शैक्षिक स्तर, कृषिको अवस्था तथा औद्योगिकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको बतउनु भयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बर्बाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौँ नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग कलकारखाना ध्वस्त भएका छन् । अहिले पनि दलित समुदायको साथमा न्याय भएको छैन । अहिले पनि दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायलाई यथोचित न्याय हुन सकेको छैन । अहिले पनि यो वर्ग राज्यबाट अपहेलित र अपमानित छ । अहिले पनि संघीय प्रणालीमा सुशासन छैन । मधेसको भूमिमा मधेसीकै शासन र प्रशासन हुनुपर्छ ।’
अध्यक्ष यादवले मुलुकले अहिले कमिसनतन्त्र, लुटतन्त्र तथा भ्रष्टतन्त्रमा ठूलै प्रगति गरेको आरोप लगाउनु भयो । भ्रष्टतन्त्र, लुटतन्त्र तथा कमिसनतन्त्रको विकास हुनुमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० को ठूलो भुमिका रहेको आरोप लगाउनु भयो । अर्को प्रसंगमा अध्यक्ष यादवले मधेसले प्राप्त गरेको उपलब्धि मात्र नभई देश नै संकटमा फस्ने खतरा समेत रहेको दाबी गर्नुभयो । साना दलहरुलाई समाप्त पार्ने हिसावले देशमा समानुपातिक प्रणाली हटाउने षड्यन्त्र चलिरहेको उनको आरोप लगाउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच