मिस युनिभर्स नेपालको ताज सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी साता हुने मिस युनिभर्स नेपालको ताज सार्वजनिक गरिएको छ ।

“स्टार अफ द युनिभर्स” नाम दिइएको क्राउन मिस युनिभर्स २०२३ सेनिस पलासियोसले गरेकी हुन् । २४५ ग्राम ह्वाइट गोल्ड र विभिन्न बहुमुल्य पत्थर प्रयोग गरेर बनाइएको क्राउन शनिवार साँझ एक समारोहकाबीच सार्वजनिक गरिएको हो ।

क्राउनको मुल्य अहिले बजार मुल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् ।

भदौ २२ गते शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदैछ ।

मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामरले गर्न लागेको हो ।

उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजकले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *