रोनाल्डो फेरि पोर्चुगलको टोलीमा

हिमालय टाइम्स
Read Time = 1 min

लिस्बोन । पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई नेसन्स लिगको पहिलो दुई खेलका लागि टोलीमा समावेश गर्नुभएको छ । मार्टिनेजले सेप्टेम्बर ५ मा क्रोएसिया र सेप्टेम्बर ८ मा स्कटल्याण्डविरुद्ध घरेलु मैदानमा हुने खेलका लागि शुक्रबार टोली घोषणा गर्नुभएको हो ।

३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलका लागि १३० गोलको कीर्तिमान छ । तर, युरोकप २०२४ मा पोर्चुगलका पाँचवटै खेल खेले पनि उहाँले गोल गर्न सक्नुभएन । पोर्चुगल क्वाटरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै युरोकपबाट बाहिरिएको थियो । नर्थ अमेरिकामा सुरु हुने प्रतियोगितासम्म रोनाल्डो ४१ वर्षका हुनुहुनेछ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *