काठमाडौं । तेस्रो संस्करणको म्युजिक खबर तीज म्युजिक अवार्ड-२०८१को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको यो वर्षको अवार्डमा विभिन्न २२ विधामा रहेका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । तीजको अवसर पारेर बजारमा आएका तीज दोहोरी गीत र मौलिक तीज गीतका विभिन्न २२ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।
अवार्डमा कलासँग जोडिएका विभिन्न पेशा व्यवसायका नारीहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ । अवार्डमा गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मान अर्पण गर्न लागिएको छ ।
त्यसैगरी सौन्दर्यविद् सोनी कारञ्जितलाई आर्टिष्ट अफ नेपाल सौन्दर्यकला सम्मान अर्पण गरिने भएको छ भने पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
त्यस्तै, गीतकार गायत्री थापालाई आर्टिष्ट अफ नेपाल स्रष्टा सम्मान प्रदान गरिन लागिएको छ भने गायिका कालिका रोकालाई आर्टिष्ट अफ नेपाल गायन सम्मान प्रदान गरिएको छ । यसैगरी मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल कला सम्मानबाट सम्मानित गरिने भएको छ ।
यही भदौ १७ गते सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच स्रष्टा सर्जकलाई सम्मानका साथै अवार्ड वितरण गरिने आयोजक अध्यक्ष सविता पोखरेलले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच