काठमाडौं । एघारौं संस्करणको छायाँछवि तीज म्युजिक अवार्डका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । शनिबार अवार्डका अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्तिमार्फत् छायाँछवि तीज म्युजिक अवार्ड–०८१ का उत्कृष्ट पाँचको जानकारी गराउनुभएको हो । भदौ १८ गते काठमाडौंमा एक विशेष समारोहबीच उत्कृष्ट पाँचमध्ये एकजनालाई अवार्ड प्रदान गरिने उहाँले बताउनुभएको छ ।
‘खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीतसंगीतलाई मौलिक त बनाएको छ नै, त्यसमाथि यसको विकासमा समेत प्रभावकारी भूमिका खेलिरहेकै छन्,’ अध्यक्ष लशान्तिप्रियले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीतसंगीतलाई मौलिक रूपमा जोगाइ राखेको छ । यस्तैमध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ ।’
‘मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरू गुञ्जीन्छन्,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यही तीजको परम्परालाई कायम राख्दै मौलिक सांस्कृतिक पर्व तीजलाई मनोरञ्जनको भन्दा पनि संस्कृति प्रवद्र्धनसँग जोड्ने उद्देश्यका साथ एघारौं छायाँछवि तीज म्युजिक अवार्ड–०८० को आयोजना गर्न लागिएको हो ।’