बुनपामा युथ सर्कलको छटौं ‘चिया संवाद’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एक युवाहरूको समूह भेला गरी बूढानीलकण्ठ युथ सर्कलले विगत छ महिनादेखि ‘चिया संवाद’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यसै क्रममा भदौ महिनाको उक्त संवाद नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एवं लुम्बिनी प्रदेश सांसद निमा गिरीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी संवादको कार्य क्रम ग¥यो । बूढानीलकण्ठ नगरपालिकाका स्थानीय युवहरू, त्यसमा पनि नेपाली कांग्रेस आबद्ध युवाहरूको समूहले ‘चिया संवाद’ कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

उक्त संवाद कार्यक्रममा समसामयिक राजनीतिक विषयमा केन्द्रित रही छलफ गर्ने गरेको युथ सर्कलका संयोजक तथा नेपाली कांग्रेस बूढानीलकण्ठका नगरपालिकाका सचिव बिजेन्द्र श्रेष्ठ बताउँनु हुन्छ । आमन्त्रित प्रमुख अतिथि गिरीसँग विशेष रूपमा राजनीतिमा महिलाको समावेशीता र संगठन निर्माणको विषयमा चर्चा भएको थियो । सांसद गिरीले महिलाहरूको राजनीतिमा सक्रिय सहभागिता सुनिश्चित गर्न पार्टीले अझ सशक्त कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिनु भएको थियो । साथै, उहाँले संगठन निर्माणमा महिलाहरूको भूमिकालाई बलियो बनाउनुपर्ने र यसका लागि आवश्यक नीति तथा कार्यक्रम अगाडि बढाउनुपर्ने उहाँ बताउनु हुन्छ ।

उपस्थित सबैले कार्यक्रम ‘चिया संवाद’ प्रभावकारी कार्यक्रमको रूपमा सञ्चालन भइरहेको दाबी गर्नु भएको छ । वर्तमान राजनीतिक परिवेशमा यस्ता कार्यक्रमहरू आवश्यक रहेको र यसले पार्टी र संगठन निर्माणमा ठोस योगदान पु¥याउने दाबी सचिव श्रेष्ठको छ । संवादका यस्ता कार्यक्रमहरू समसामयिक राजनीतिक विषयमा केन्द्रित रही छलफलहरू हुने भए वर्तमान र भविश्यका लागि राजनीतिक अवस्थालाई समीक्षा गर्ने अवसर मिल्ने उपस्थितहरूको बुझाइ रहेको छ । कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ताहरू, र महिला नेतृहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सहभागीहरूले चिया संवाद जस्ता कार्यक्रमले स्थानीयस्तरमा राजनीतिक सचेतना बढेको भन्दै यस्ता कार्य क्रममलाई निरन्तर्ता दिँदै नागरिकलाई सचेत गराउन पनि यो संवाद महत्वपूर्ण रहेको र यसले स्थानीय सरकारसँग विकस र हिसाबमा पनि आफ्नो भूमिका खोज्नुपर्ने आवाज उठेका छ । चलिरहेको ‘चिया संवाद’ लाई आगामी दिनमा कोठा र सीमित समूहमा मात्र नगरी बृहत् बूढानीलकण्ठ भरी गरिेने तथा यस्ता छलफललाई सबै वडामा निरन्तरता दिने प्रतिबद्धता युथ सर्कलले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *