मुगु । हिमाली जिल्ला मुगुमा पहिलो चोटि व्यवसायिक रुपमा फुजी स्याउको उत्पादन गर्न थालिएको छ ।
जिल्लामा परम्परागत स्याउ उत्पादन र विक्री गरिदै आएपनि नयाँ स्याउको बिरुवा वितरण गरेपछि स्याउका विरुवाले उत्पादन दिन थालेकाले जिल्ला मै पहिलो चोटि फुजी स्याउ व्यवसायिक रुपमा कृषकहरुले उत्पादन तथा विक्री वितरण गर्न थालेका हुन् ।
१ वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लामा व्यवसाहिक रुपमा फुजी गाभा स्याउ उत्पादन गर्न छायानाथ रारा नगरपालिका वडा न ५ र ४ का कृषकहरुलाइ फुजी स्याउका बिरुवा वितरण गरेको थियो ।
छोटो समयमा गुणस्तरको स्याउका दाना उत्पादन हुने फुजी गाभा स्याउको लागि मुगुको हावापानी उपयुक्त भएकाले स्याउको खेतीको लागि चाहिने उपलब्ध जग्गा र ठाउँ हेरेर बिरुवासहित अन्य आवश्यकिय पुर्वाधार, औजार, प्राविधिक सहयोग गरि व्यवसाहिक कृषक छनौट गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताउनु भयो ।
उहाँकाअनुसार बिरुवा लगाएको १ वर्षपछी देखि स्याउका विरुवाले स्याउ उत्पादन दिन थालेपनि दुई वर्ष देखि दिन थालेको स्याउ भने गुणस्तरको हुन्छ । थोरै ठाउँ ओघट्ने यो स्याउको एउटै बोटमा धेरै स्याउ उत्पादन हुने हुनाले व्यवसायिक रुपमा लागेका स्याउ कृषकहरुका लागि फुजी गाभा स्याउ उपयुक्त जात मानिन्छ ।
यो प्रविधिबाट लगाएको फुजी स्याउको विरुवाले एक वर्ष मै फल दिने भएपनि पहिलो चोटिको स्याउ कम गुणस्तर हुने र बिरुवा कमजोर परिपक्क नभएको हुनाले पहिलो वर्ष फलेका सबै स्याउका दाना फाल्नुपर्छ तर दोस्राे वर्षबाट भने गुणस्तरको स्याउ दिने भएकाले सोही वर्षबाट व्यवसाहिक रुपमा विक्री वितरण गर्न मिल्छ ।
आथिक वर्ष २०७९/२०८० मा मुगुमा व्यवसाहिक फुजी स्याउ उत्पादन गर्न पहिलो चोटि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुले ८०० बिरुवा उच्च घनत्व स्याउ प्रदर्शन कार्यक्रमअन्तर्गत २ वटा कृषि फर्मलाई ५० प्रतिशत अनुदान छुटमा दिएको थियो । अनुदान छुटमा व्यवसायिक फुजी स्याउको खेती गर्न छायानाथ रारा न पा वडा न ४ अन्तर्गत मुसेचाैर कृषि पशु पंन्छी फर्मलाई ५०० बिरुवा र वडा ५ सक्षम कृषि पशु पंन्छी फर्मलाई ३०० बिरुवा दिएको थियो । यो वर्ष देखि ती बिरुवाले प्रति बाेटमा ५ देखि ८ केजी स्याउ दिन थालेका छन् ।
अन्य स्याउ भन्दा फुजी स्याउमा माग राम्रो भएको र मूल्य पनि राम्रो पाउने गरेको मुसिचौर कृषि, पशु, पन्छी फर्मका सन्चालक मन बहादुर भाम बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, 'फुजि स्याउको विरुवाले छिटै स्याउ उत्पादन दिने र लामो समयसम्म दिने भएकाले हामी जस्ता व्यवसायिक स्याउ खेतीमा लागेका कृषकहरुका लागि यो जातको स्याउ उपयुक्त लाग्यो ।'
अर्का व्यवसायी जस बहादुर बुढाले बाबू बाजेले गर्दै आएको स्याउको भन्दा यो जातको स्याउ लगाएपछी २ वर्षमा राम्रो आम्दानी पाएको बताउनुभयाे । उहाँ भन्नुहुन्छ, 'जति मेहनत र राम्रो गर्यो उति गुणस्तर र राम्रो स्याउ उत्पादन हुदो रैछ, फेरि थैरै जमिनमा पनि धेरै बिरुवा लगाएर फलाउन मिल्ने, हामी जस्ता कम जमिन भएका गरिवका लागि त झन उपयुक्त छ ।'
फुजी स्याउले राम्रो बजार पाएपछि कृषकहरु यो स्याउको व्यवसायिक उत्पादन तर्फ आकर्षित भएकाले परियोजना कार्यान्वयन इकाइले आव २०८०/०८१ मा ९०० बिरुवा वितरण गरेको र चालू आवमा ३ हजार फुजी स्याउका बिरुवा व्यवसायिक कृषक फर्महरुलाइ ५० प्रतिशत अनुदान छुटमा वितरण गर्ने लक्ष्य लिएको इकाइ प्रमुख तेज विक्रम मल्लले जानकारी दिनु भयो ।
परम्परागत जातको स्याउको बोटले बढीमा १० वर्षसम्म फल दिन्छ तर फुजी स्याउको बोलले कम्तिमा १५ वर्ष र राम्रो सुरक्षा, गोडमेल र मलजल पाएमा २० वर्षसम्म गुणस्तरको स्याउ उत्पादन दिने गर्दछ ।
मुगुमा पहिलो चोटि व्यवसायिक विक्री गर्न थालिएको फुजी स्याउ विक्रीबाट यो वर्ष मात्र कृषकहरुले ५ लाख भन्दा वढीको आम्दानी गरेका छन् ।
यो हिसाब पहिलो चोटीको मुगुमा वितरित ८०० फुजी स्याउका विरुवाले दिन थालेको फलको मात्र हो । त्यसपछी वितरित ९०० बिरुवा र यो वर्ष वितरण हुने ३ हजार विरुवाले दिने उत्पादनबाट कृषकहरुले भविष्यमा राम्रो आर्थिक फाइदा पाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच