रुसको बेलगोरोडमा युक्रेनी आक्रमण : ५ जनाको मृत्यु, ३७ घाइते

हिमालय टाइम्स

काठमाडाैं । युक्रेनी सेनाले रुसको बेलगोरोड क्षेत्रमा आक्रमण गर्दा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताउनुभएको छ ।

ग्लाडकोभले युक्रेनी सशस्त्र सेनाले बेल्गोरोड शहर र यसको वरपरका क्षेत्रहरूमा गोलाबारी गर्न भ्याम्पायर मल्टिपल रकेट लञ्चर प्रणालीबाट क्लस्टर हतियारहरू प्रयोग गरेको थियो । एम्बुलेन्स आइपुग्नु अघि नै एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

आक्रमणमा ६ बालबालिकासहित ३७ जना सर्वसाधारण घाइते भएका ग्लाडकोभले बताउनु भयो । घाइते सबैलाई उपचारका लागि बेलगोरोडको मेडिकल सुविधामा लगिएको छ । जसमध्ये सात वयस्क र तीन बालबालिकाको अवस्था गम्भीर रहेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
आइजीपीलक्षित खगेन्द्र सुनारकाे टिप्पणी : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन… अमरेश सिंहको प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ? विश्व अंगदान दिवस : २,७९९ को मञ्जुरी, दाताको अभावमा प्रत्यारोपण चुनौती पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयता उल्लंघनको मुद्दा पूर्वसभापति देउवाको अनुभव पार्टी रूपान्तरणमा उपयोगी हुने कांग्रेसको विश्वास सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बर्दियामा डिजेल खन्याएर आत्म*दाहको प्रयास, महिला गम्भीर घाइते पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा, भोलि खगराज भट्टले दाबी पेस गर्ने ललिता निवास प्रकरण : नेपाल र बाबुरामलाई प्रतिवादी नबनाएको विषयमा सर्वोच्चले माग्यो…