काठमाडौं । निर्मला कुर्मीका हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको विरोधमा माइतिघरदेखि बालुवाटारसम्म पैदल यात्रा आयोजना गरिएको छ ।
उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरदेखि प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पैदलमार्च गरेका हुन् ।
उक्त पैदल मार्चको आयोजना महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला विश्वास संघ, साप नेपाल, जागर नेपाल, मिलीजुली समाज, मितिनी नेपाल, ल्याक, युथ एडबोकेसी नेपाल र एबीसी नेपालले संयुक्त रुपमा गरेको हो ।
प्रदशर्नकारीले निर्मला कुर्मीलाई न्याय देऊ, मानव अधिकार र कानुनी राज्यको संरक्षण गर लगायतका नारा लेखिएको कार्ड बोकेका छन् ।
सो पैदल मार्चलाई बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच