काठमाडौं । गजलकार गमोतीराम भट्टको १५९औं जन्मजयन्तीको अवसरमा नेपाल गजल प्रतिष्ठानले ‘गजल मुशायरा’को पाँचौं शृंखला सम्पन्न गरेको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित मुशायरामा लोकेश संघात, सविता बराल र परिविक्रम प्रस्तुत हुनुभएको थियो । उहाँहरूका चोटिला र प्रभावशाली शेरहरू वाचन भइरहँदा उपस्थितमा निकै उत्साह देखिन्थ्यो ।
खचाखच भरिएको हलमा तीनजना स्रष्टाले आफ्ना पाँच-पाँचवटा तथा अन्य तीनजनाका एक-एकवटा गजल वाचन प्रस्तुत भएका थिए ।
कार्यक्रममा विश्वव्यापी गजल प्रतियोगिता-२०८० का विजेता कुशलनाथ योगीको गजलकृति ‘कोहिनूर’ सार्वजनिकसमेत गरिएको थियो ।
प्राडा.देवी नेपालले ‘कोहिनूर’माथि टिप्पणी गर्दै योगी नयाँ पुस्ताका कुशल र अब्बल गजलकार रहेको जिकिर गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध गीतकार एवं गजलकार करुण थापाले अब नेपाली गजलले सही बाटो पहिल्याउन थालेको र नयाँ पुस्ताले नेपाली गजललाई उचाइ दिनेमा आफू विश्वस्त रहेको धारणा राख्नुभएको थियो ।
उक्त अवसरमा नेपाल गजल प्रतिष्ठानले गरेको विश्वव्यापी गजल प्रतियोगिता-२०८१को नतिजासमेत सार्वजनिक गरिएको थियो । रेशम अधिकारी प्रथम भएको सो प्रतियोगितामा नारायण सिटौला ‘इरादा’, मिलनकुमार ढुंगाना, चित्र थापा, विपिन नेपालका गजल उत्कृष्ट पाँचमा परेका थिए ।
‘नेपाली गजलको विकास र विस्तारका लागि’ मूलमन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने/सुनाउने कार्यक्रम गर्दै आइरहेको छ भने बहर-बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षणसमेत दिँदै आएको छ । आगामी दिनमा नेपाली गजललाई लेखनमा परिष्कारसहित गायनमा समेत तीव्रता दिइने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच