काठमाडौं । यतिबेला काठमाडौंमा एक सौन्दर्य प्रतियोगिता भइरहेको छ । अन्य प्रतियोगिता पनि भइरहका होलान् तर चर्चामा रहेको सौन्दर्य प्रतियोगिता हो ‘मिस युनिभर्स नेपाल’ । चर्चा हुनुको कारण छ, ‘मिस युनिभर्स-२०२३’ को विजेताको उपस्थिति र यसमा सहभागी प्रतिस्पर्धी ।
यही भदौ २२ गते हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदैछ । यसको ताज शनिबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ । ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको क्राउन मिस युनिभर्स-२०२३ सेनिस पलासियोसले सार्वजनिक गर्नुभएको छ । उहाँ बिहीबार काठमाडौं आइपुग्नुभएको थियो । विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको वर्तमान विजेता नेपाल आइपुगेको यो पहिलो अवसर हो ।
मिस युनिभर्स नेपाल-२०२४ मा २२ जनामध्ये एक यस्ती प्रतियोगी हुनुहुन्छ जो बोल्न र सुन्न सक्नु हुन्न । तर पनि उहाँले सबैको मन जित्दै आफूलाई अन्तिम प्रतिस्पर्धीमा उभाउनु भएको छ । उहाँ हुनुहुन्छ, सुजल बम । सुजल सानैदेखि बोल्न र सुन्न सक्नुहुन्न तर उहाँमा अद्भूत क्षमता छ । त्यही क्षमताकै कारण उहाँले विभिन्न सौन्दर्य प्रतियोगितामा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ ।
अमेरिकाको एल साल्भाडोरमा भएको ‘मिस युनिभर्स-२०२३’ मा निकारागुआकी शेनिसले उपाधि जित्नुभएको थियो । मिस युनिभर्स नेपाल-२०२३मा नेपालकी दीपिका जैन ग्यारेटले एलिजाबेथ बोहोराले पनि चर्चा बटुल्न सफल हुनुभएको थियो । एल-साल्भाडोरमा आयोजित प्रतियोगितामा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धामा हुनु हुुन्थ्यो ।
शनिबार सार्वजनिक गरिएको क्राउन २४५ ग्राम हृवाइट गोल्ड र विभिन्न बहुमूल्य पत्थर प्रयोग गरेर बनाइएको बताइएको छ । क्राउनको मूल्य अहिले बजार मूल्यअनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् । मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामरले गर्न लागेको हो । उपाधिका लागि २२ जना फाइनलिष्ट भिड्ने तयारी छ । यी २२ जनामध्ये एक यस्ती प्रतियोगी हुनुहुन्छ जो बोल्न र सुन्न सक्नुहुन्न । तर पनि उहाँले सबैको मन जित्दै आफूलाई अन्तिम प्रतिस्पर्धीमा हुनुहुन्छ, सुजल बम ।
सबै सुन्ने र बोल्नेसँग प्रतिस्पर्धामा आफूलाई अग्रभागमा राख्दै प्रस्तुत हुँदै आउनुभएकी सुजलको प्रतिभा देखेर निर्णयकहरू पनि अचम्भित हुनुहुन्छ । ‘उनी सुन्न र बोल्न सक्दिनन् हामीले दोभाषेमार्फत उनका कुरा सुनिरहेका छौं, उनमा विशेष क्षमता रहेको छ’, एक निर्णयकले हिमालय टाइम्सलाई भन्नुभयो, ‘छोरीमा एक खालको जुनुन रहेको छ, लगाव छ, उसमा रहेको प्रतिभाले प्रष्फुटित हुने मञ्च पाएको छैन ।
यो मञ्चबाट हामीले आशा गरेका छौ’, सुजलका बुबा टेकबहादुर बम भन्नुहुन्छ । टेकबहादुरले ‘मिस युनभर्स नेपाल-२०२४को मञ्चमा यो वर्ष नयाँ रेकर्ड बनाऔं, बहिरा अपांगता भएकी प्रतियोगिलाई जिताऔं’, भनेर अभियान नै चलाउनुभएको छ । उहाँले सुजलाई भोट गर्न सार्वजनिक रूपमा अपिल पनि गर्दै आउनुभएको छ । मिस युनिभर्स नेपाल-२०२४को ताज कसले पहिरेला त्यो त भदौ २२ गते शनिबारै थाह होला तर यतिबेला भने यो प्रतियोगिताका प्रतिस्पर्धीमा रहेको प्रतिभालाई लिएर चर्चा भइरहेको छ ।
सुजल सानैदेखि बोल्न र सुन्न सक्नुहुन्न तर उहाँमा अद्भूत क्षमता छ । त्यही क्षमताका कारण नै उहाँले विभिन्न सौन्दर्य प्रतियोगितामा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । सुजल कीर्तिमानी बहिरा कलाकार पनि हुनुहुन्छ । २१ वर्षीया सुजल काठमाडौंमा रहेको केन्द्रीय बहिरा क्याम्पस नक्सालमा शिक्षा संकाय विषयमा ब्याचलर दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । बुबा टेकबहादुर बम र माता हीरा शाहको कोखबाट डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जन्मिनुभएकी उहाँले आफ्नो प्रतिभा मिस एसइईमा पनि देखाइसक्नु भएको छ ।
लोक, आधुनिक, तीजका गरी १५ भन्दा बढी भिडियोमा अभिनय गर्नुभएकी सुजलले आधादर्जन जति विभिन्न विज्ञापनमा पनि अभिनय गर्नुभएको छ । यस्तै, उहाँले प्राइम टेलिभजनबाट प्रशारित टेलिचलचित्र ‘कलेज लभ’मा पनि शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । विभिन्न १७ भन्दा बढी संघसंस्थाबाट सम्मानित एवं पुरस्कृत सुजल मिस डेफ ट्यालेन्ट क्वीन ला ग्रयाभिटा-२०२० को फष्ट रनरअपसमेत हुुनुहुन्छ । त्यसो त उहाँलाई नेपाल सरकारले ‘जनश्री सेवा’ पञ्चम श्रेणीबाट विभूषित पनि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच