काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा दुवै गोल केलियन एम्बाप्पेले गर्नुभएको हो । उहाँले खेलको ६७औं र ७५औं मिनेटमा गोल गर्नुभएको थियो । ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गर्नुभएको हो ।
रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि चार खेलमा रियल म्याड्रिडको ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै रियल बेटिसको भने ३ खेलमा २ अंक रहेको छ ।








समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर