स्याङ्जा । आँधीखोला गाउँपालिका स्तरीय अन्तर आमा समूह खुल्ला तीज गीत प्रतियोगिता २०८१ सम्पन्न भएको छ । आइतबार भएको तीज गीत प्रतियोगितामा प्रतिभा आमा समूह, आँधीखोला–५ प्रथम भएको छ ।
जागृती आमा समूह,आँधीखोला–५ दोस्रो भएको छ भने प्रगतिशिल आमा समूह, आँधीखोला–५ तेस्रो भएको छ । सान्त्वनामा सत्यदेवी आमा समूह, आँधीखोला–१ र तल्लो सेपत आमा समूह, आँधीखोला– ४ भएका छन् ।
उत्कृष्ट भेषभूषामा जुग्ले बजार आमा समूह, आँधीखोला–५ र उत्कृष्ट नृत्यमाप्रगतीशिल आमा समूह,आँधीखोला–५ सम्मानित भएका छन् । २९ टिम दर्ता भए पनि २० टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सबै जसो वडाहरुका महिला दिदीबहिनीहरुले गीत प्रस्तुत गरेका थिए ।
प्रतियोगितात्मक कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशकी सभाकी उपसभामुख बिनाकुमारी थापाले महिला दिदीबहिनीहरुका गीतमा ग्रामीण कृषिमा परिवर्तन खोजिएको भन्दै सबै महिलाले आर्थिक परिवर्तनको चाहना गीतमार्फत् व्यक्त गरेको बताउनुभयो ।
कार्यक्रममा सार्वजनिक लेखा समितिका संयोजक सुधीरकुमार पौडेल, आँधीखोला गाउँपालिकाका प्रमुख विश्वनाथ पौडेल, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, आँधीखोला गाउँपालिकाका प्रमुख विश्वनाथ पौडेल, उपप्रमुख सीता थापालगायतले धारणा राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच