पहिरोका कारण पृथ्वीराजमार्ग अबरुद्ध

फाइल तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी-गजुरी सडक खण्ड अवरुद्ध भएको छ । धादिङको आदमघाट नजिकै वर्षासँगै पहिराे खसेपछि दुवैतर्फ सडक अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउनका लागी प्रहरी उपकरणसहित पहिरो खसेको स्थानतर्फ गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

पहिरोका कारण सो राजमार्ग भएर संघीय राजधानी प्रवेशका लागि आएका रात्रीसेवा यातायातका सवारीसाधन र विहान राजधानीबाट देशका विभिन्न भागमा जानका लागी छुटेका सवारीका साधनहरु सडकमै रोकिएका छन् । पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?