काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई सचेत गराउनु भएको छ ।
सञ्चारमन्त्री गुरुङले पोखरामा दिएको अभिव्यक्तिलाई लिएर आलोचना भएसँगै प्रधानमन्त्री ओलीले सचेत गराउनु भएको हो ।
गत शनिबार प्रेस चौतारीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी अभिव्यक्ति दिएसँगै उक्त अभिव्यक्तिलाई लिएर गुरुङको चौतर्फी आलोचना भएको थियो ।
सोही कुरालाई लिएर ओलीले अबदेखि विवादित विषय नबोल्न सचेत गराएको मन्त्री गुरुङले बताउनु भयो ।
मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो । गराएँ । त्यही क्रममा उहाँ (प्रधानमन्त्री) ले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराएँ,’– उहाँले भन्नुभयो।
भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको उहाँले बताउनु भयो । मन्त्री गुरुङले आफूले पनि सोबारे महशुस गरेको स्वीकार्नु भयो ।
मन्त्री गुरुङले सरकारको अहिले भइरहेको कामहरुको विवरण सुनाएपछि पत्रकारको प्रश्नको जवाफ दिनेक्रममा आफूले प्रहरी समायोजनको विषयमा बोलेको स्वीकार्नुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच